सिके राउतलाई पक्राउ गर्दा कुर्लिने मानवअधिकारकर्मी देवनारायणलाई पक्राउ गर्दा कहाँ गए ?
काठमाडौं, १८ असोज । यतिबेला सीमा बचाउँ अभियानका अभियान्ता सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरा यतिबेला भारतीय हिरासतमा छन् । उनीहरुबिरुद्ध अपहरण मुद्धा दायर गरिएको छ । देवनारायण यादव र उनको छोरा अजयलाई भारतीय प्रहरीले पक्रेर अपहरणको मुद्दा चलाएको छ ।
भारतको सुनौली गएका बेला प्रहरीले अजयलाई पक्रेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु दुबैलाई भारतीय सुरक्षाकर्मीले गाइ वस्तुलाई जस्तो बाँधेर राखिएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ । उनीहरुलाई यतिबेला पशु समान व्यवहार गरेर राखिएको छ । हातमा हतकडी लगाएर गाई बस्तुलाई बाध्ने डोरीले बाधिएको छ । यो एउटा अमानविय व्यवहार हो । जुन भारतीय प्रहरीले देखाएको छ ।
सिके राउतलाई गिरफ्तार गर्दा कुर्लिने मानवअधिकारकर्मीहरु यतिबेला तमासा हेरेर बसिरहेका छन् । उनीहरुले नेपाललाई विखण्डन गर्न खोजनेलाई गिरफ्तार गर्दा तुरुन्तै प्रतिक्रिया दिन्छन् । तर एक सीमा बचाउँका अभियान्तलाई भारतीय प्रहरीले पक्राउ गर्दै गाइ वस्तुलाई जस्तो बाँधेर राख्दा किन बोल्दैनन् ?
गत वर्ष सीमा अतिक्रमण गर्दै खाँडो खोलामा बाँध बाध्न आएका भारतीयको प्रतिकार गरेका यादवलाई भारतीयले निगरानीमा राख्दै आएको र अहिले झुठो आरोपमा मुद्दा लगाएको स्थानीयको दाबी छ ।
देवनारायणका छोरा अजयले भारतीय युवतीसँग हालै बिहे गरेका छन् । केटी पक्षले अपहरण गरेको भन्दै उजुरी गरेपछि यादव बाबुछोरालाई पक्रेर अनुसन्धान थालेको भारतीय प्रहरीको भनाइ छ । तर तिलाठीका बासीन्दाले भने यसलाई भारतीयको अतिक्रमणको विरोध गर्दै आएका यादवलाई फसाउन खोजिएको षडयन्त्रको रुपमा लिएका छन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












