त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन एयरको जहाजबाट एक्कासी धुँवा निस्कियो
काठमाडौं, १८ असोज । त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन एयरको जहाजबाट धुँवा निस्केको छ । नेपालबाट शान्ति सेनामा जाने नेपाली सेना लिन आएको इथियोपियन एयर (संयुक्त राष्ट्र संघ) जहाजमा एक्कासी धुँवा निस्केको हो । पार्किङ क्षेत्रमा रहेको बोइङ ७६७/३०० (ईआर) विमान चार्टड गरेर काठमाडौं ल्याइएको थियो ।
बुधबार बिहान १० बजेतिर त्रिभुवन विमानस्थलमा रोकिराखेकोे इथियोपियन जहाजबाट अकस्मात धुवाँ निस्केको देखिएको थियो । विमानभित्र आगो लागेर धुवाँ निस्कएको अनुमान गरिएको छ । तर, त्यसको पुष्टी भएको छैन ।
अहिले विमानबाट धुँवा निस्कन रोकिएको त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिए । ‘रोकिएको जहाजबाट एक्कासी धुँवा निस्कियो, अहिले नियन्त्रणमा ल्याइसकेका छौं, के कसरी धुवा निस्कियो भनेर अनुसन्धान गर्दैछौं,’ उनले भने ।
यसका लागि विमानस्थलमा रहेका अग्नी प्रतिरोधक संयन्त्रको प्रयोग गर्नु नपरेको उनले बताए । विमामनस्थलका अनुसार इथोपिय एयरको अन्तरिक अग्निप्रतिरोध प्रणालीबाटै धुावा नियन्त्रणमा आएको हो ।
विमानमा यात्रु नभएका कारण अन्य मानवीय क्षती भने हुन पाएको छैन । अहिले धुँवा कसरी निस्कियो भनेर इथियोपियन एयरलाइन्सका जहाजका इन्जिनियरहरुले अध्ययन गरिरहेका छन् ।
तस्वीर स्रोतः एभियसन नेपाल
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












