सिरहामा घरमै सुतिरहेका एक व्यक्तिको घाँटी रेटेर हत्या
सिरहा, २४ असोज । सिरहामा धारिलो हतियार प्रहार गरि एक व्यक्तिको हत्या गरिएको छ । कर्जन्हा नगरपालिका वडा नम्बर १० प्रयागपुर चौकमा गएराती आफ्नै घरमा सुतिरहेको वेला ३५ वर्षिय शशिभुषण प्रसाद साहको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।
राती अवेर मिर्चैयाबाट साथीहरुसँग मदिरा सेवन गरी आएका उनी काठको दुइतले घरको भुइतल्लामा एक्लै सुतेका वेला उनको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि बर्जाचार्यले जानकारी दिए ।
माथिल्लो तल्लामा सुतिरहेकी श्रीमती राती १ः३० बजे तिर शौच गर्न तल झर्दा श्रीमान सुतेको घरको ढोका खुल्ला देखेपछि गई हेर्दा श्रीमान मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।
प्रहरीले हत्यामा संलग्नहरुको खोजी भईरहेको जनाएको छ । साहको शव पोष्टमार्टमको लागि लहास्थित राउ स्मारक अस्पताल लगिएको छ । साह केही महिना अघिमात्र हात हतियार तथा खरखजाना मुद्दामा जेल सजाय भुक्तान गरी घर आएका थिए ।
असोज २ गते सम्पन्न स्थानीय तहको चुनावमा उनकी श्रीमती नेकपा एमालेको तर्फबाट वडा सदस्यमा उम्मेवादर बनेकी थिईन । यसैलाई लिएर विपक्षीले आफ्नो श्रीमानको हत्या गरेको हुनसक्ने उनीहरुले आशंका गरेका छन् । साहको २ छोरा र २ छोरी रहेका छन् ।
Comments
अरु समाचार
-
विद्यार्थी संगठनका संरचना हटाउन आंगिक क्याम्पसलाई त्रिविले दियो निर्देशन
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी कल्याण तथा...
-
‘नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन’
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको...
-
भोलि र पर्सि मुसलधारे वर्षाको सम्भावना, पूर्वतयारी र सतर्कता अपनाउन आग्रह
काठमाण्डौ । गएराति र आज बिहान देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो चार घण्टामा, लमजुङको भोर्लेटारमा सबैभन्दा बढी...
-
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा
काठमाडौं। सह–आयोजक क्यानडाले कप्तान स्टेफन युस्ताकियोको इन्ज्युरी समयमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै फिफा विश्वकप...
-
बागमती नदीमा डुबेर दुई बालकको ज्यान गयो
रौतहट । रौतहटको गढीमाई नगरपालिका-१ स्थित बागमती नदीमा डुब्दा २ बालकको मृत्यु भएको छ । बागमती नदीको समनपुर हरैया घाटमा...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
कारको ठक्करबाट दुई बालबालिकाको ज्यान गयो
दमौली (तनहुँ), असार १३ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा...
-
विश्वकप फुटबल : उसमान डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता
काठमाण्डौ - फ्रान्सले फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ गोलले पराजित गरेको छ । लगातार तेस्रो...











