डाक्टरले कसरी गर्दछन् मृत घोषणा ?
चितवन, २५ असोज । मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै ठाउँठाउँमा चिकित्सकमाथि दुव्र्यवहार र अस्पताल तोडफोड हुने गरेका छन् ।
मृत्यु भइसकेपछि पनि शरीरका अंग तन्किने र खुम्चिने हुँदा चलेको जस्तो भ्रम हुने गरेको चिकित्सक बताउँछन् । यसको ज्ञान सर्वसाधारणलाई नहुँदा समय समयमा मानिसको मृत्यु भइसकेपछि पनि यसले थप अप्रिय घटना सृजना गर्ने गर्छन् ।
भरतपुर अस्पतालका चिकित्सक डा वीरेन्द्र मण्डलकाअनुसार मृत्यु भएको केही समयपछि मांसपेशी कसिलो बन्दै जान्छ, जसका कारण कतिपयको दिसापिसाब निस्कने, शरीरका अंग तन्किने र खुम्चने गर्दछन् । जसकारण मृतकका आफन्तलाई अंग चलाएको र जीवित्तै रहेको भ्रम सिर्जना हुने गर्दछ ।
उहाँका अनुसार तापक्रमको आधारमा मृत्यु भएको समयदेखि ४८ घण्टासम्म मांसपेशी कसिलो बन्दै जान्छ भने त्यसपछि सड्न शुरु भएपछि पुनः खुकुलो बन्दै जाने गर्दछ । यस्तो अवस्थामा अंग चलेको भ्रम पैदा हुन सक्छ ।
अस्पतालका फिजिसियन डा. भोजराज अधिकारीले मानिसको मृत्युसँगै शरीरका सबै अंग निष्क्रिय भएर मांसपेशी शिथिल हुने बताउनुभयो । उहाँकाअनुसार मानिसको मृत्युपछि मुटुको धड्कन बन्द हुने, रगतको प्रवाह नहुने, श्वासप्रश्वास बन्द हुने भए पनि मृत्यु प्रमाणित गर्नका लागि भने इसिजी नै गर्नुपर्ने हुन्छ । इसिजि रिपोर्टमा सिधा रेखा आएसँगै मानिसको मृत्यु भएको प्रमाणित हुन्छ ।
कतिपय अवस्थामा छोटो समयका लागि जीवितका लक्षण गुम्ने र पुनःफर्किने गरेको पनि पाइन्छ । जसका लागि तत्कालै मृत्यु घोषणा नगरी चिकित्सकले विभिन्न उपायमार्फत् जीवित लक्षण खोजी गर्ने गर्दछन् ।
डा. मण्डलकाअनुसार भर्खरै जन्मिएका बच्चा, लामो समयसम्म तपस्या गरेका योगी, कोमामा गएका बिरामी लगायतको केही समय धड्कन नदेखिने, श्वासप्रश्वास रोकिने जस्ता जीवित नभएका लक्षण देखिने भए पनि पुनःपूर्ववत अवस्थामा आएर जीवितका लक्षण देखिएका केही उदाहरण भने भएको मण्डलले बताउनुभयो ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीले अस्पतालमा आएका बिरामीको मृत्यु भएमा चिकित्सकले सबै खालका लक्षण हेरी इसिजि समेत गरेर प्रमाणित गरेर मात्रै मृत घोषणा गर्ने गर्दछन् । यद्यपि मृत्युपछि अंग चलेको देखिने भ्रमका कारण मृतकका आफन्त उत्तेजित हुने गरेको उहाँले बताउनुभयो । सबैमा मृत्युपछि हुने प्रक्रियाका बारेमा ज्ञान नहुँदा समस्या हुने गरेको उहाँको भनाइ छ । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











