एएफसीद्वारा डिआइजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठक सम्मानित
काठमाडौं, २७ असोज । एसियन फुटबल कन्फिडरेशनले एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई सम्मान गरेको छ । फुटबल म्याच फिक्सिङको अनुसन्धानमा अतुलनीय सहयोग पुर्याएको भन्दै एएफसीले नेपाल प्रहरी, महानगरीय अपराध अनुसन्धान महाशाखालाई शुक्रबार एक समारोहकाबिच सम्मान गरेको हो । नेपाल प्रहरीका डिआजी सर्वेन्द्र खनाल र डिएसपी सुदिपराज पाठकलाई एफसीका महासचिव डाटो विन्डसोर जोनले एएफसी भवनमा निम्त्याएर सम्मान प्रधान गरेको एएफसीले जनाएको छ ।
नेपाल प्रहरीको अनुसन्धानमा म्याच फिक्सिङमा संलग्न भएको पाएइपछि सन् २०१५ को डिसेम्बरमा एएफसीको सदाचार र अनुशासन समितिले चारजना नेपाली फुटबल खेलाडी र एक अधिकारीलाई आजिवन प्रतिबन्धको घोषणा गरेको थियो । अधिकारी अन्जन केसी र चार खेलाडीहरु विकास क्षेत्री, सन्दिप राई, रितेश थापा र सागर थापा फुलबलको नियम धमिल्याउँदै म्याच फिक्सिङमा संलग्न रहेको पाइएको थियो । म्याच फिक्सिङको अनुसन्धान महानगरीय अपराध अनुसन्धान महाशाखाका तात्कालीन प्रमुख एसएसपी सवेन्द्र खनालले (हाल डिआइजी) गरेका थिए । इन्सपेक्टरका रुपमा रहेका सुदिपराज पाठक (हाल डिएसपी) अनुसन्धान अफिसरको रुपमा अहंम भूमिका निभाएका थिए । औपचारीक कार्यक्रममा नेपाल पुलिसलाई धन्यावाद दिदैं जोनले भने, ‘नेपाल पुलिससँगको सहकार्य र यसको नतिजाले एशियन फुटबल जगतलाई अनुशासित राख्न ठूलो कोशेढुंगाको काम गरेको छ ।’
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












