देउवाले अब माओवादी मन्त्रीलाई विनाविभागीय मन्त्री बनाउने, कमल थापालाई गृहमन्त्री
काठमाडौं, ३१ असोज । मंगलबार नेपाली राजनीतिमा यू टर्न हुने देखिएको थियो । माओवादी केन्द्रले सरकारबाट बाहिरिने बताएपछि राजनीतिमा एकाएक उतारचढाव आएको थियो । तर माओवादी तत्काल सरकारबाट नबाहिरिने भएपछि राजनीतिले नयाँ मोड लिएको छ ।
माओवादी केन्द्रले विपक्षीसँग साठगाँठ गरेपछि चिढिएको प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले माओवादीसँगको सम्बन्ध टुटाएको छ । सरकारमा रहेर विपक्षीसँग चुनावी तालमेल गर्ने देखि वाम एकता गर्ने सम्मको सहमति गरेपछि सत्ताको चाँबी सम्हालेको नेपाली काँग्रेस बिच्किएको हो ।
उसले लोकतान्त्रिक धारका पार्टीलाई एकत्रित गरेर लोकतान्त्रिक गठबन्धन बनाईरहेको छ । हुँदा हुँदै सरकारलेको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीलाई तह लगाउने एउटा मात्र उपाय देखे त्यो भनेको माओवादी मन्त्रीलाई बर्खास्त गर्ने । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पटक पटक भेटेर, ‘तपाईको मन्त्रीहरु फिर्ता बोलाउने की म आफैं बर्खास्त गरुँ’ भन्दै आएका थिए ।
देउवाको जवाफ सुन्न नसकेका प्रचण्ड मन्त्री फिर्ता बोलाउने निर्णयमा पुगे । तर त्यो निर्णय केही घण्टा पनि टिकेन् र फलस्वरुप सरकारमै बस्ने निर्णय गरे । सरकार मंसिर १० र २१ गते तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति सार्ने योजनामा रहेको निर्वाचन आयोगबाट गोप्य सूचना आएपछि माओवादी आफ्नो निर्णयबाट पछि हटेको हो । अब माओवादीका मन्त्रीहरु सरकारमै रहने र पार्टी प्रतिपक्षीसँग तालमेलमा जानेछ । सरकारबारे प्रचण्ड र देउवाबीच मंगलबार छलफल भएको छ ।
छलफल गर्न बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री देउवाले विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका छन् । देउवाले सरकारबाट बाहिरिदाँ आफुहरुलाई कुनै समस्या नहुने बताएका थिए । सरकारबाट नबाहिरिने भए विनाविभागीय मन्त्री खाएर सरकारमा बस्न आग्रह गरेका हुन् । देउवाको उक्त आग्रहपछि प्रचण्डले विनाविभागीय भएर सरकारमा बस्नुभन्दा बाहिरिनुनै बेश हुने बताएका थिए । तर निर्वाचन आयोगले सरकार चुनावको मिति सार्ने षडयन्त्रमा लागेको सूचना दिएपछि तत्काल नबाहिरिने निष्कर्षमा पुगेको हो । अब देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागीय बनाएर कमल थापालाई गृहमन्त्री र विजय गच्छदारलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने मनसाय पुगेको देउवा स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












