व्हाट्सएपले थप्यो यस्तो नयाँ फिचर्सः यसको फाईदाँ झुटा बोल्ने प्रेमी जोडीलाई
एजेन्सी । सूचना आदानप्रदानका लागि निकै चर्चित व्हाट्सएपले प्रयोगकर्ताका बारेमा थप नयाँ जानकारी पाउन सक्ने भएका छन् । आफूसँग कुराकानी गरिरहेको व्यक्ति कहाँ रहेको छ भनेर थाहा पाउने यो नयाँ सुविधा व्हाट्सएपले थपेको हो । यो सुविधा केही दिनभित्रै एन्ड्रोइड र आइओएसमा पाउन सकिने कम्पनीले जनाएको छ । यसका माध्यमबाट आमरुपमा कुराकानी गर्दा को कहाँ छ भन्ने थाहा हुन सक्ने छ । यसको सबैभन्दा बढी फाइदा भने प्रेमी जोडीहरुले पाउने छन् ।
यसअघि, पनि ह्वाट्सएपमा वर्तमान लोकेसन पठाउन सकिन्थ्यो। तर, लाइभ अपडेट थिएन। नयाँ फिचरको सहयोगले जसले पनि लाइभ लोकेसन पठाउन सक्नेछन्, जसको अर्थ सबैले साथीभाईलाई आफ्नो लोकेसन सहजै बताउन सक्छन्।
तर यो त्यति सजिलो भने छैन । लोकेसनलाइ जतिबेला पनि शेयर भने गर्न नसकिने बताइएको छ । लाइभ लोकेसन आवश्यक परेमा फेरी शेयरको आवश्यकता पर्ने कम्पनीले जनाएको छ । कसैले पनि च्याट वा ग्रुपमा आफ्नो लाइभ लोकेसन पठाउन सक्छन्।
यसरी हुनेछ काम:
– यसका लागि तपाईंले वाट्स एपको च्याटमा गएर एटेच आइकनमा क्लिक गर्नुपर्ने छ।
– लोकेसन सेयर गर्दा समय सीमाबारे जानकारी दिनुपर्नेछ।
– समय सीमामा १५ मिनेट, १ घन्टा र ८ घन्टाको तीन विकल्प दिइएको हुन्छ।
– यो फिचर वाट्स एपको नयाँ अपडेटका साथ दिइएको छ।
Comments
अरु समाचार
-
कन्टेन्ट क्रिएटर र ब्रान्डलाई एआईमार्फत जोड्ने प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौँ — डिजिटल विज्ञापन र इन्फ्लुएन्सर मार्केटिङको बढ्दो प्रभावसँगै कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डहरूबीचको सहकार्यलाई आधुनिक बनाउने उद्देश्यले एआईमा आधारित...
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...












