आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
काठमाडौं, ३ असोज । हेलीको पुछ्र्ताराका कारण हुने मृघशिरा उल्का वर्षा शुक्रबार रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ओरिअनिड मिटियर सावर वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले शुक्रबार राति हेर्न सकिनेछ ।
उल्का वर्षा स्थानीय समय अनुसार शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाईटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । उल्का वर्षा हेर्नको लागि राति १२ः ४५ पछिको समय उत्तम रहेको उहाँले बताउनुभयो ।
अत्याधिक उल्का वर्षाको समयमा प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान छ । ती उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब सात किलोमिटरमाथि वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने अध्यक्ष भट्टराईले बताउनुभयो ।
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टान छोड्ने गर्छ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने गर्छन् । यसैलाई उल्का वर्षा भन्ने गरिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भनिन्छ ।
बेलायती खगोलशास्त्री ‘एडमण्ड हेली’ले न्यूटनको गुरुत्वाकर्षणसम्बन्धी साध्यको माध्यमले सौर्य मण्डलका आकाशीय पिण्डको अध्ययन गर्ने क्रममा सन् १७५८ को क्रिसमसको रात पुछ्रेतारा पत्ता लगाएको हुनाले यसलाई ‘हेलिको पुछ्रेतारा’ भनिएको हो । यो एक नियमित पुछ्रेतारा हो । यसले हरेक ७५ वर्षमा सूर्यलाई परिक्रमा गर्छ । सन् १९८६ मा देखिएको पुछ्रेतारा अब सन् २०६१ मा देख्न सकिनेछ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












