उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासले देशभर बद्ली
काठमाडौँ, ११ कात्तिक । उच्च वायु मण्डलमा न्यूनचापीय क्षेत्रको विकासका कारण आज देशभरका पहाडी र पूवी तराई क्षेत्रमा बद्ली भएको छ ।
पूर्वी भूभागको दक्षिण क्षेत्र सानो न्यूनचापीय क्षेत्र विकास भएको र पश्चिमी भूभागको उच्च वायु मण्डलमा न्यूनचापीय रेखा रहेकाले यसको प्रभावस्वरुप बद्ली भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।
“देशभर पहाडी क्षेत्रमा पूर्ण बद्ली छ जलवास्पयुक्त हावाको कमीले गर्दा एक÷दुई स्थानमा मात्र पानी पर्ने सम्भावना छ,”– उहाँले भन्नुभयो । पूर्वी तराई भेगमा कमजोर न्यूनचापीय क्षेत्रको विकास भएकाले सामान्य बद्ली रहेको छ ।
मौसमविद् अर्यालका अनुसार देशका पहाडी र मध्य तथा पूर्वी भेगमा अझै दुई दिन बद्ली रहनेछ । राति आकासमा बादल लागेकाले आज काठमाडौँको न्यूनतम तापक्रम बढेर १३.६ डिग्रिसेल्सियस पुगेको छ । कात्तिकको पहिलो साता काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौदेखि ११ डिग्रिसेल्यिससम्म पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज काठमाडौँको न्यूनतम १३.६ र अधिकतम २६.६ डिग्रिसेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लामा तीन र सबैभन्दा बढी सिमरामा र भैरहवामा ३० डिग्रिसेल्सियस रहेको छ । पूर्वका ओखलढुंगाललगायत पहाडी क्षेत्रमा वर्षात्को सम्भावना रहेको महाशाखाको अनुमान छ । (रासस)
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...













