चितवनमा ४०८ मतदान केन्द्र तोकियो
रत्ननगर, चितवन, ११ कात्तिक। चितवनमा आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कुल ४०८ मतदान केन्द्र तोकिएको छ ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार जिल्लामा १६१ मतदानस्थलमा ४०८ वटा मतदान केन्द्र तोकिएको जानकारी दिनुभयो । यसअघि स्थानीय तहको निर्वाचनमा जिल्लामा १६१ मतदानस्थलमा ३७६ मतदान केन्द्र रहेको थियो । अहिले भने ३२ मतदान केन्द्र थपिएको छ ।
बिहीबार जिल्लामा तीनवटै निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी यहाँ निर्वाचनको तयारी तीव्र पारिएको छ । जिल्लाका ४०८ मतदान केन्द्रका लागि दुई हजार ८०० भन्दा बढी कर्मचारी परिचालन गर्ने तयारी रहेको ढकालले बताउनुभयो । मंसिर १६ गते मनोनयन दर्तासँगै निर्वाचनको चहलपहल बढ्ने छ ।
यसअघिको संविधान सभा निर्वाचनमा जिल्लामा पाँच निर्वाचन क्षेत्र रहेकामा यसपटक घटाएर तीन निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार निर्वाचनमा तीन लाख ५४ हजार ३६ मतदाता सहभागी हुँदै छन् । यसअघि स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार तीन मतदाता सहभागी भएका थिए ।
स्थानीय तहको निर्वाचनभन्दा यस निर्वाचनमा ४१ हजार ३३ मतदाता थपिएका छन् । सबैभन्दा बढी क्षेत्र नं ३ मा एक लाख २५ हजार ८१८ मतदाता रहेका छन् । क्षेत्र नं १ मा एक लाख १९ हजार ९९८ मतदाता रहेका छन् । सो क्षेत्रमा राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिका पर्दछन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेका छन् । यस क्षेत्रमा भरतपुर महानगरपालिकाको वडा नं १ देखि ५, ७, १०, ११, १२ र २९ वडा तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका पर्छन् । (रासस)
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...












