सुत्केरीको मृत्यु भएपछि गण्डकी मेडिकल कलेजमा तोडफोड तथा आगजनी
पोखरा, १९ कात्तिक । उपचारका क्रममा सुत्केरीको ज्यान गएपछि पोखराको नयाँबजारस्थित गण्डकी मेडिकल कलेज तनावग्रस्त बनेको छ। गतसाता गण्डकी मेडिकल कलेजमा शल्यक्रिया गरी बच्चा जन्माएकी स्याङ्जाकी गीता अर्यालको ज्यान गएको घटनालाई लिएर अस्पताल तनावग्रस्त भएको हो।
मृतकका आफन्तले अस्पतालको लापरबाहीले अर्यालको ज्यान गएको भन्दै नाराजुलुश र धर्ना दिएपछि अस्पताल परिसर तनावग्रस्त भएको हो। दोषी चिकित्सकलाई कारबाही, नाबालकको संरक्षणको जिम्मा र क्षतिपूर्ति नदिएसम्म शव नउठाउने मृतकका आफन्त राजन अर्यालले जानकारी दिए ।
मेडिकल कलेजले बिरामीको अवस्थावारे सही जानकारी नदिएको उनको आरोप छ । ‘शल्यक्रिया भएको पाँच दिन बित्दासमेत चिकित्सकले बिरामीलाई भेट्नसमेत दिएनन्’ उनले भने। ‘सुधार हुन्छ भन्दै भेन्टीलेरमा हालेर राखे, सुप, जाउलो लिएर जाँदासमेत बिरामी भेट्न पाईएन, हप्तासम्म बेहोस् भन्दै घटना लुकाए्।’
अस्पतालका प्रमुख कार्यकारी निर्देशक सन्तोष खनालले अस्पतालकोतर्फबाट कुनै लापरबाही नभएको बताए। ‘यदि कसैले गल्ती देखाउँछ भने सजाय भोग्न तयार छौ’ उनले भने। ‘यो घटनामा चिकित्सकहरुले हरसम्मको प्रयास गर्दापनि सफल भएन।’
अर्याललाई सुत्केरी बेथाले च्यापेपछि आफन्तले कात्तिक १० गते शुक्रबार बेलुकी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याएका थिए। तर, बेड अभाव भएपछि उनलाई चिकित्सकले गण्डकी मेडिकल कलेजमा जान सल्लाह दिएका थिए। क्षेत्रीय अस्पतालका चिकित्सकको सल्लाह अनुसार आफन्तले आर्याललाई गण्डकी मेडिकल कलेज पुर्याएका थिए। अर्यालको भोलिपल्ट शनिवार बिहान ११ बजे शल्यक्रिया गरिएको थियो।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












