एप्पललाई पछि पार्दै गुगल विश्वकै मूल्यवान ब्राण्ड बन्यो
एजेन्सी । एप्पलको ५ वर्षदेखिको प्रभुत्वलाई तोड्दै गुगल विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको छ । ब्राण्ड फाइनान्सले सार्वजनिक गरेको विश्वका मूल्यवान ५ सय ब्राण्डको पहिलो नम्बर गुगल आएको छ । यसअघि एप्पल लगातार पाँच वर्षसम्म विश्वको सर्वाधिक मूल्यवान ब्राण्ड बन्दै आएको थियो ।
बेलायतको भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्राण्ड फाइनान्सले विश्वका हजारौँ ब्राण्डहरुलाई विभिन्न मापदण्डका आधारमा मूल्यांकन गर्दै वर्षेनी सबैभन्दा मूल्यवान ५ सय ब्राण्डको सूचि सार्वजनिक गर्दछ ।
गत वर्ष एप्पलको ब्राण्ड भ्यालू १ सय ४५ अर्ब ९० करोड डलरबाट घटेर १०७ अर्ब १० करोडमा झरेपछि गुगल सर्वाधिक मूल्यवान ब्राण्ड बन्न सफल भएको हो । यी हुन् विश्वका सर्वाधिक मूल्यवान २५ टेक्नोलोजी ब्राण्डहरुः
गुगलः ब्राण्ड भ्यालू १ खर्ब ९ अर्ब ४७ करोड डलर
एप्पलः ब्राण्ड भ्यालू १ खर्ब ७ अर्ब १४ करोड डलर
अमेजनः ब्राण्ड भ्यालू १ खर्ब ६ अर्ब ३९ करोड डलर
एटी एण्ड टी टेलिकमः ब्राण्ड भ्यालू ८७ अर्ब १ करोड डलर
माइक्रोसफ्टः ब्राण्ड भ्यालू ७६ अर्ब २६ करोड डलर
सामसुङः ब्राण्ड भ्यालू ६६ अर्ब २१ करोड डलर
भर्जन टेलिकमः ब्राण्ड भ्यालू ६५ अर्ब ८७ करोड डलर
फेसबुकः ब्राण्ड भ्यालू ६१ अर्ब ९९ करोड डलर
चाइना मोबाइल टेलिकमः ब्राण्ड भ्यालू ४६ अर्ब ७३ करोड डलर
एनटीटी टेलिकमः ब्राण्ड भ्यालू ४० अर्ब ५४ करोड डलर
ड्वेच टेलिकमः ब्राण्ड भ्यालू ३६ अर्ब ४३ करोड डलर
आइबिएमः ब्राण्ड भ्यालू ३६ अर्ब ११ करोड डलर
अलिबाबाः ब्राण्ड भ्यालू ३४ अर्ब ८५ करोड डलर
एक्सफिनिटी टेलिकमः ब्राण्ड भ्यालू २६ अर्ब १८ करोड डलर
ओरेकलः ब्राण्ड भ्यालू २५ अर्ब ८७ करोड डलर
हुवावेः ब्राण्ड भ्यालू २५ अर्ब २३ करोड डलर
टेन्सेन्टः ब्राण्ड भ्यालू २२ अर्ब २८ करोड डलर
भोडाफोनः ब्राण्ड भ्यालू २१ अर्ब ८३ करोड डलर
अरेन्ज टेलिकमः ब्राण्ड भ्यालू २१ अर्ब ५२ करोड डलर
सिस्कोः ब्राण्ड भ्यालू २० अर्ब ७३ करोड डलर
इन्टेलः ब्राण्ड भ्यालू २० अर्ब ३६ करोड डलर
डेलः ब्राण्ड भ्यालू १८ अर्ब १८ करोड डलर
चाइना टेलिकमः ब्राण्ड भ्यालू १७ अर्ब ५९ करोड डलर
एसेन्चरः ब्राण्ड भ्यालू १७ अर्ब ४६ करोड डलर
एयू टेलिकमः ब्राण्ड भ्यालू १६ अर्ब ९१ करोड डलर
Comments
अरु समाचार
-
१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द
काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका...
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...












