नेतामाथि आक्रमण नरोकिए प्रतिकार गर्ने वाईसीएल र क्रान्तिकारीको चेतावनी
काठमाडौं, २७ कात्तिक । आफ्नो माओपार्टीका नेताहरुमाथि आक्रमण भईरहेको प्रति वाईसीएल र अखिल क्रान्तिकारीले विरोध जनाएका छन् । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी) ले आफ्ना नेताहरुमाथि आक्रमण प्रति भत्र्सना गर्दै आक्रमण नरोकिए बाध्यभएर प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका छन् ।
वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई लक्षित गरेर भएको आक्रमणको भर्तसना गरेका छन् ।
‘पूर्वमन्त्रीद्वय वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापूर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भूमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ ।’ विज्ञप्तिमा थप लेखिएको छ, ‘यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं ।’
वाम गठवन्धनपछि सरकारले चुनाव विथोल्न अनेक बहानाबाजी खोजिरहेको र त्यसैलाई बल पुग्नेगरी आक्रमण भएको वाईसीएल र अखिल क्रान्तिकारीको ठहर छ । उनीहरुले यसलाई ‘पश्चगामी सोचको द्योतक’ भनेका छन् ।
आक्रमणमा विप्लव नेतृत्वको नेकपाले गरेको हो भने माफी माग्न र आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनी समेत दिइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘यदि विभिन्न सञ्चारमाध्यममा आए जस्तै यो आक्रमण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो भने अविलम्ब माफी मागेर आगामी दिनमा यो हर्कत नदोहोर्याउन चेतावनी दिन चाहन्छौं । साथै मुलुकमा विकसित राजनीतिक परिदृष्यको सामना राजनीतिक रुपमा नै गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दछौं ।’
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











