लाजमर्दो अवस्थाः उपत्यकाका सार्वजनिक यातायातमा जुम्रा र उडुसको समस्या
काठमाडौं, २७ कात्तिक । तपाई उपत्यकाका सार्वजनिक यातायातमा जुम्रा र उडुसको समस्याबाट कतिको पिडित हुनुहुन्छ ? लामो समयसम्म सफा नगरेर चलाईराख्ने सार्वजनिक यातायातमा यो समस्या व्याप्त । धुवा र धुलोले आजित काठमाडौंमा सार्वजनिक यातायात नचढि सुखै पाईदैंन् ।
विहान अफिस जाँदा होस् या घर फर्किदाँ होस् वा कुनै कामले सार्वजनिक यातायातको प्रयोग गर्नुपर्दा विभिन्न समस्याको सामना गर्दै आउनुपरेको छ । अब भने सार्वजनिक यातायातमा जुम्रा र उडुस देखिए ट्राफिक प्रहरीले तत्कालै कारबाही गर्ने भएको छ ।
अहिले राजधानीमा संचालनमा रहेका सबै बस, माइक्रो, ट्याक्सी टेम्पो सबै सवारीका साधन बाहिर र भित्रै निकै फोहर छ। उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र फोहर भए ट्राफिक प्रहरीले अब कारबाही गर्ने भएको हो । यातायत व्यवसायीले पनि यस विषयमा सहमति जनाइसकेका छन्।
‘हाम्रो उपत्यकामा चल्ने सवारी साधन निकै फोहर भयो, भित्र धेरै नै फोहर पाइयो, बाहिर त फोहर हुन्छ नै भित्र यात्रु फोहरमा यात्रा गर्न बाध्य भए, ‘महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनालले काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा भने, ‘त्यही भएर सफा नगर्ने सवारी साधनलाई हामी कारबाही गर्छौ ।’
चिटिक्क कपडा लगाएर सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने अवस्था नै नभएपछि यस्तो गर्नुपरेको खनालले बताए। खनालले गाडी भित्र चिटिक्क सफा गर्ने, सिटहरु सफा राख्ने, मैलो र गन्हाउने सिट कभरहरु फालेर नयाँ लगाउन सबै यातायत व्यवसायीहरुसँग आग्रह गरे ।
ट्राफिक प्रहरीले केही समयअघि उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र कत्तिको सफा छ भनेर अनुगमन गरेको थियो। त्यस बेला उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनभित्र फोहर मात्र होइन जुम्रा, उडुस र उपायँहरुसमेत भेटिएको थियो ।
सवारी साधन सफा गरेपनि धुलै धुलोले एकै छिनमा फेरि उस्तै बनाउने र समय समयमा मात्र सफा गर्ने गरेको चालकहरुले बताएका छन्। यातायत व्यवसायीहरुले पनि सडकको अवस्था राम्रो भए सवारी साधनको अवस्था पनि राम्रो हुने बताए।
नेपाल राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले पुर्वाधारको विकास गरे आफूहरु सोही अनुसार चल्ने बताए। यातायात व्यस्वथा विभाग अन्तर्गत बागमती अंचलमा अहिलेसम्म दर्ता भएको विवरण अनुसार बस ११ हजार ७ सय ८४, मिनी बस ११ हजार २ सय, माइक्रो २३ सय ४५ र टेम्पो २५ सय २८ वटा चल्छन् ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












