यि हुन्, २०१८ को विश्वकप फुटबलमा सहभागी हुने ३२ टोली (पूर्ण विवरणसहित)
काठमाडौं, ३० कात्तिक । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट भएसँगै ३२ टोलीको टुंगो लागेको हो ।
बिहीबार बिहान पेरुको लिमामा भएको खेलमा एशिया ओसियाना क्षेत्रको प्रतिद्वन्दी न्युजिल्याण्ड २–० ले पराजित भयो । ३२ वर्षपछि विश्वकपमा छनोट भएको पेरु रुस विश्वकपमा सहभागी हुने दक्षिण अमेरिकाको पाचौं मुलुक पनि बनेको छ ।
यसअघि ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बियाले विश्वकपको टिकट काटिसकेका छन् । घरेलु मैदानमा पेरुलाई गोलरहित बराबरीमा रोकेको न्युजिल्याण्ड दोस्रो लेगमा घरेलु टोली पेरुसँग निराश बन्यो । सन् १९८२ मा विश्वकप खेले यता पेरुको यो पहिलो सहभागिता हुनेछ । आयोजक रुसले स्वत विश्वकपमा स्थान बनाउँदा बाँकी ३१ राष्ट्रले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाए ।
यसपटक छनोटमा केही उतारचढाए नतिजा आएको छ । चार पटकको विश्व च्याम्पियन इटली भने छनोट हुन सकेन् । विश्वकपको पूर्व च्याम्पियनमध्ये यस विश्वकपमा सहभागी हुन असफल इटली मात्र एउटा टोली हो । विश्वकप फुटबल सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म रुसको विभिन्न ११ शहरका १२ वटा रंगशालामा हुँदैछ ।विश्वकपमा दक्षिण अमेरिकाबाट ५, उत्तर अमेरिकाबाट ३, युरोपबाट १४, अफ्रिकाबाट ५ र एशियाबाट ५ टोली छनोट भएका छन् ।
दक्षिण अमेरिकाः
दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले सन् २०१८ को विश्वकप खेल्नेछन् । यो क्षेत्रबाट स्टार खेलाडी एलेक्स सान्चेज, अटुरो भिडाल, क्लाउडियो ब्राभोसहितको चिली भने छनौट हुन सकेन । खतरामा रहेको अर्जेन्टिनाले इक्वेडसँगको अन्तिम खेलमा मेस्सीको ह्याट्रिकसँगै विश्वकप यात्रा तय गर्न सफल भएको थियो ।
उत्तर अमेरिकाः
उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरी तीन टिमले रुसमा स्थान पक्का गरेका छन् । प्ले–अफमा पुगेको होण्डुरस भने अस्ट्रेलियासँग पराजित भएर छनौट हुन सकेन । यो क्षेत्रबाट पानामा पहिलोपटक विश्वकपमा छनौट भएर इतिहास बनाउन सफल भएको हो ।
युरोपः
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको समूहगत छनौटबाट ९ समूहका विजेताले रुस यात्रा तय गरेका छन् । रुस यात्रा तय गर्नेमा समूह ‘ए’ बाट फ्रान्स, समूह ‘बी’ बाट पोर्चुगल, समूह ‘सी’ बाट साबिक विजेता जर्मनी, समूह ‘डी’ बाट सर्बिया, समूह ‘ई’ बाट पोल्याण्ड, समूह ‘एफ’ बाट इंग्ल्याण्ड, समूह ‘जी’ बाट स्पेन, समूह ‘एच’ बाट बेल्जियम र समूह ‘आई’ बाट आइसल्याण्ड छन् ।
युरोपियन क्षेत्रबाट चार टिमले प्ले–अफ मार्फत विश्वकपमा स्थान बनाएका हुन् । यसरी प्ले–अफमा दुई लेगको प्लेअफबाट विश्वकपमा स्थान पक्का गर्नेमा स्वीट्जरल्याण्ड, क्रोएसिया, डेनमार्क र स्वीडेन रहेका छन् ।
अफ्रिकाः
अफ्रिका क्षेत्रबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले विश्वकपमा भिड्ने छन् । अफ्रिका क्षेत्रको छनौटमा पाँच समूह रहेका थिए । हरेक समूहको शीर्ष स्थानमा रहने टोली विश्वकपमा छनौट भएका हुन् ।
एसियाः
एसियाबाट इरान, जापान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया गरी पाँ टिम छनौटमा परेका छन् । इरान, जापन, दक्षिया कोरिया र साउदी अरेबियाले समूह चरणको खेलबाट विश्वकपमा स्थान बनाएका हुन् भने अस्ट्रेलियाले प्ले–अफ मार्फत आफ्नो स्थान बनाएको हो । अस्ट्रेलियाले होण्डुरससँग प्ले–अफमा समग्रमा ३–१ को जित निकाल्दै अस्ट्रेलियाले रुस यात्रा तय गरेको हो । विश्वकप फुटबलमा छनौटका लागि भएको पहिलो चरणको प्ले–अफमा अस्ट्रेलियाले सिरियाको विश्वकप सपना तोडेको थियो ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












