मेडिकलमा १४ बर्षे किशोरीको माग, ‘अंकल बच्चा फाल्ने औषधि दिनुस् !’
काठमाडौं, १ मंसिर । अंकल बच्चा निकाल्ने औषधि दिनुस् रे ! काठमाडौं कालिमाटीको एक औषधि पसलमा करिब १४ वर्षकी किशोरीले यसो भनिरहँदा वरिपरिका सब उनलाई नियालेर हेरिरहेका थिए । यतिकैमा विक्रेताले प्रश्न गरे, कसलाई ? उनले भनिन् दिदीलाई । बिक्रेताले फेरि सोधे, दिदी कति वर्षकी भइन ? जवाफमा ती किशोरीले भनिन् वर्ष त थाहा छैन अहिले १२ पढनु हुन्छ ।
१७ वर्ष नपुग्दै तीन पटक एबोर्सन केही समय अघि वरिष्ठ आर्युवेद तथा प्रसुती रोगविशेषज्ञ डा. सरिता श्रेष्ठको क्लिनिकमा दुई जना किशोर किशोरी आइपुगे । उनीहरुको समस्या भनेको गर्भमा हुर्किरहेको बच्चा थियो । १६ वर्षका उनीहरुले आफूहरु केही समयमा नै बिवाह बन्धनमा बाधिने कुरा बताए ।
आफैलाई पाल्ने भइसकका छैन यिनिहरुले कसरी बच्चा पाल्लान भन्ने सोचेर डा. श्रेष्ठले गर्भपतन गराइदिन तयार भइन । सम्पुर्ण साप्ताहिकमा खबर छ । जब उनले स्वास्थ्य परिक्षण गरिन तब छक्क परिन । उनको पेटमा पहिले नै अपरेशन गरेको ठुलो घाउँ थियो । यसको मतलब उनले पहिले नै अपरेशन गरेर बच्चा निकालिसकेकी रहिछन् । त्यसपछि डाक्टरले केरकार गर्दा उनले भनिन् यो मेरो तेस्रो पटकको गर्भ हो । यो कुरा परिवारका सदस्य कसैलाई पनि थाहा छैन ।
विश्व स्वास्थ्य संगठनका अनुसार १५ देखि १९ वर्षमा गर्भवती बन्ने किशोरीको मृत्यु हुने सम्भावना दोब्बर रहको छ । यस्तो खाले गर्भको जटिलताका कारण विकासोन्मुख देशहरुमा मात्र वर्षेनी ७० हजार किशोरीहरुको अकालमा मृत्यु भइसकेको छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











