मंसिर १० र २१ को निर्वाचनका लागि १८८ किसिमका चुनाव चिह्न प्रयोग, हेर्नुहोस् कसले के पाए
काठमाडौँ, १ मंसिर आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८ किसिमका निर्वाचन चिह्न प्रयोग गरिएका छन् । प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि १३८ तथा प्रदेशसभाको निर्वाचनका लागि ५० वटा निर्वाचन चिह्न प्रयोग गरिएको निर्वाचन आयोगका कानून शाखाका शाखा अधिकृत धमचन्द्र तिमिल्सेनाले जानकारी दिनुभयो ।
निर्वाचनमा प्रतिनिधिसभाका लागि राजनीतिक दलतर्फ ९० र स्वतन्त्र उम्मेदवारलाई ४८ तथा प्रदेशसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारका लागि ५० चुनाव चिह्न प्रयोग गरिएको छ । आयोगमा दर्ता भएका ९० राजनीतिक दललाई प्रतिनिधि र प्रदेशसभाका लागि एउटै निर्वाचन चिह्न दिइएको छ । भने स्वतन्त्रतर्फबाट प्रतिनिधि र प्रदेशसभाका लागि उम्मेदवार बनेकाका लागि आयोगले विभिन्न निर्वाचन चिह्न प्रदान गरेको छ ।
विभिन्न चार मतपत्रमा ती चुनाव चिह्न उम्मेदवारलाई प्रदान गरिएको छ । आयोगले चुनाव चिह्नलाई प्रदेशअनुसार उम्मेदवारलाई दिई मतपत्र तयार पारेको छ । निर्वाचनमा प्रयोग हुने चुनाव चिह्न औजारदेखि तरकारीसम्म राखिएको छ ।
प्रतिनिधिसभाका लागि राजनीतिक दललाई गोरुगाडाको चक्का, चुच्चोले चिठी बोकेर उड्न लागेको परेवा, हातमा धानको बाला, कुखुराको भाले, थपडी बजाएको जोडा हात, पृथ्वीलगायत चुनाव चिह्न रहेका छन् । आमूल परिवर्तन मसिहा पार्टी नेपाललाई प्रेमलाई चिनाउन हृदय चुनाव चिह्न दिइएको छ । निर्वाचनमा जनावर, फलफूल, चरा, मेसिनलाई पनि चुनाव चिह्न राखिएको छ ।
चरामा सुगा, डाँफे, परेवा, चल्ला लाटोकोसेरो चुनाव चिह्न छन् भने जनावरमा हात्ती, भेडा, माछा, घोडा, कछुवा, बाघ, बाख्रोलगायत रहेका छन् भने फलफूल तथा तरकारीमा केरा, अनार काउली, मकै, भुइँकटहरलगायत छन् । यसैगरी राजनीतिक दलबाट प्रतिनिधिसभाको प्रत्यक्ष तथा समानुपातिकका लागि पीपलको पात सुकुन्दा, तारापुञ्ज, दुई थुङ्गा सयपत्रीको फूल, बच्चा काखमा लिएकी आमा, दौडिरहेको युवक, खड्ग, गाग्री बोकेकी महिला, चियादानी, तारापुञ्जलगायतका चुनाव चिह्न प्रयोग गरिएको छ ।
राजनीतिक दलबाट उम्मेदवार दिएका प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्न रहेका छन् भने स्वतन्त्रतर्फबाट उम्मेदवार दिएकाका लागि भने फरक चुनाव चिह्न आयोगले प्रदान गरेको छ । स्वतन्त्रतर्फका लागि चियाको पात, माहुरी, जोडा नरिवल, कुचो, गुलाफको फूल, जोडी चप्पल, डाडुपन्यू, फिरफिरे, हार्मोनियमजस्ता ४८ वटा चुनाव चिह्न प्रदान गरिएको छ ।
यसैगरी प्रदेशतर्फका स्वतन्त्र उम्मेदवारलाई कपाल कोर्ने ब्रस, पेन्सिल कटर र सिसाकलम, पेन्टिङ बुरुस, मोबाइल फोन, मयूरको प्वाँख, बोक्रा छोडाएको केरा, जाँतो, जिपर, काउली, लुगा झुण्डाउने ह्याङ्गर, चुलेसी प्रयोग गरिएको छ ।
उस्तै उस्तै चुनाव चिह्न
यस्तैगरी एउटा आँखा र दुई वटा आँखालाई पनि चुनाव चिह्न दिइएको छ । नयाँ शक्ति नेपाललाई एउटा देब्रे आँखा भएको र नेपाल लोकतान्त्रिक जनता काँग्रेसलाई दुई वटा आँखा चुनाव चिह्न दिइएको छ । नेकपा माले र जनसमाजवादी पार्टीलाई हँसिया तारा र नेपाल कम्युनिस्ट पार्टी संयुक्त लाई हँसिया उस्तै उस्तै चुनाव चिह्न प्रदान गरिएको छ । प्रतिनिधिसभाका लागि स्वतन्त्रतर्फका उम्मेदवारलाई भँगेरा र लाटोकोसेरो तथा नेपाली काँग्रेस बिपी को करुवा र अखण्ड सुदूरपश्चिम पार्टी नेपालको चियादानी पनि उस्तै प्रकारका चुनाव चिन्ह रहेका छन् ।
रासस
Comments
अरु समाचार
-
गोवामा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुल्यो, शव ल्याउने तयारी
काठमाडौं । भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच...
-
छाउपडी प्रथा क्रमशः न्यूनीकरण हुँदै, बडीमालिकाका सात वडा मुक्त घोषणा
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको...
-
एनपीएल-२ : दोस्रो क्वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदै छ । कीर्तिपुरस्थित त्रिवि...
-
आज विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै
काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय...
-
वसन्त चौधरीको भावुक फेसबुक स्टाटस, लेखे– मेरो के कसुर थियो र ५० वर्षे इतिहास बोकेको घर जलाइयो ?
काठमाडौं । वरिष्ठ उद्यमी तथा साहित्यकार बसन्त चौधरीले जेनजी प्रदर्शन तीन महिना पूरा भएको अवसर पारेर सामाजिक सञ्जाल फेसकुमा एक...
-
‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’
काठमाडौं । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ ।संविधान, अन्तरसरकारी वित्त...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
कांग्रेस सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा !
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भण्डारीले...
-
सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
काठमाडाैं । सरकारले बुधबारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले...












