चुनावी नतिजा प्रभावित गर्न प्रधानमन्त्री देउवा र पत्नी आरजु चुनाव लड्ने क्षेत्रका एआइजी परिवर्तन
काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले निर्वाचन लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुखका सरुवा गरेका छन् । देउवाले आफु मात्रै नभई पत्नी आरजु राणा चुनाव लड्ने क्षेत्रका प्रदेश प्रहरी प्रमुखको सरुवा गरेका हुन् । चुनावका मुखमा निर्वाचन आचारसंहिता विपरीत प्रहरीका उच्च अधिकारीहरुको सरुवा गरिएको हो ।
गृहमन्त्रीको समेत जिम्मेवार सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा मन्त्रीपरिषद बैठकले ५ नम्बर प्रदेश र ७ नम्बर प्रदेशका प्रहरी प्रमुख एआइजीको सरुवा गरिएको हो ।
७ नम्बर प्रदेशका प्रमुख एआइजी विजय भट्टलाई सचिवालयमा तानेर बुधबारै डिआइजीबाट एआइजी बढुवा भएका माधव नेपाललाई सात नम्बर प्रदेशमा पठाइएको छ । त्यस्तै ५ नम्बर प्रदेश प्रमुख एआइजी मिङमार लामालाई हेडक्वाटर तानेरे बुधबारै डिआइजीबाट एआइजीमा बढुवा भएका मधुप्रसाद पुडासैनीलाई पठाइएको छ ।
बुधबारको मन्त्रीपरिषद बैठकले मधु पुडासैनी र माधव नेपालसँगै हेमन्त पाल र पंकज श्रेष्ठलाई डिआइजीबाट एआइजीमा बढुवा गरेको थियो । सरुवा भएका ७ प्रदेशकै दुई जिल्लाबाट प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राना चुनाव लड्दै छन् ।
देउवा ७ नम्बर प्रदेश अन्तर्गत डडेलधुराबाट र आरजु कैलालीबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दै छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको थियो ।
Comments
अरु समाचार
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...












