निर्वाचनले दिएको अवसर
मुलुकमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको संघारमै छ । सामाजिक सञ्जाल, मिडिया, चियापसलदेखि चोक चौताराहरूमासमेत निर्वाचनकै चर्चा छ । यसपटक दलहरू आफू अनुकूलको गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । जस कारण पनि निर्वाचन निकै पेचिलो बनेको छ । नेकपा एमाले माओवादी केन्द्र र नयाँ शक्तिले गत आश्विन १७ गते चुनावी गठबन्धन गरेर निर्वाचनमा जाने घोषणा गरेसँगै गठबन्धनको सबैको चासो र चर्चाको बिषय बनेको देखिन्छ । (नयाँ शक्ति वाम गठबन्धनबाट निस्केर लोकतान्त्रिक गठबन्धनमा छ ।) दलहरु ध्रुबिकृत हुनु खुसीको कुरा हो । सबैदल एक भई इमान्दार भएर अघिबढे देशले काँचुली फेर्न समय लाग्दैन । तर, अहिलेकै अवस्थामा गठबन्धनबाट जनता खुसी भैहाल्नुपर्ने अवस्था भने देखिदैन् ।
एमाले, माओवादी लगायत केही साना दल मिलेर बनेको वाम गठबन्धन तथा नेपाली काँग्रेस, नयाँ शक्ति नेपाल आदि दलबिच चुनावी गठबन्धन हुनु, निर्वाचन पश्चात् वाम गठबन्धनले पार्टी एकता गर्ने खुलासा गर्नुले गठबन्धन देशको निकासको लागि नभई केवल चुनाव जितेर सत्तामा जाने भ¥याङमात्र भएको स्पष्ट हुन्छ । निर्वाचन अघि आफूलाई जनताको सेवकको रूपमा उभ्याए पनि निर्वाचन पश्चात् नेताहरूले जनतालाई नोकर र आफूलाई मालिकको रूपमा प्रस्तुत गर्दै आए । यस निर्वाचन पनि बिगतकै निर्वाचन जस्तो जनता नोकर र नेता मालिक बन्ने कडिको रूपमा रहेको पंक्तिकारको बुझाई छ ।
गणतन्त्र पछि दशवर्ष राष्ट्रिय राजनीति माओवादी नेतृत्वकै वरिपरी रह्यो । खासगरी राजनीतिक इतिहासमा दशवर्षे जनयुद्धले आमूल परीवर्तन ल्याएको भन्दै सबैले माओवादीलाई समर्थन गरेका थिए । त्यसै कारण २०६४ सालको संविधानसभाको निर्वाचनबाट माओवादी देशको सबैभन्दा ठूलो शक्ति पनि बन्यो । तर, जनताले सबैभन्दा धेरै विश्वास गरेको माओवादी करिव दशवर्ष सत्ताकै वरिपरी रहदाँसमेत कहिले एमाले त कहिले काँग्रेसलाई दोष दिंदै जनतालाई प्रत्यक्ष महसुस गर्ने कुनै काम गरेन । जसकारण माओवादी मात्रै होइन दलप्रति पनि जनताको बढ्दो वितृष्णा पैदा भएको छ ।
अर्कोतर्फ, अहिले निर्वाचनको मिति नजिकींदै गर्दा युवाहरूमा निर्वाचनप्रतिको उत्साह भने त्यति देखिएको छैन । र, त्यसबाट पंक्तिकार पनि अछुतो छैन । पार्टीमा आबद्ध युवा वाहेक अन्य युवाहरू भने सामाजिक सञ्जाल मार्फत् निर्वाचनप्रति असन्तुष्टि व्यक्त गरेको देखिन्छ । पार्टीहरूले ‘गुन्डा’हरूलाई पनि निर्वाचन लड्न टिकट दिएको भन्दै उक्त गलत कदमकोबारेमा स्वतन्त्र र केहि दलमा आबद्ध युवाहरूले त्यसको बिरोध मात्र गरेनन् देशको भविष्यबारे समेत गहिरो चिन्ता व्यक्त गरेका छन् । त्यतिमात्र होइन, समानुपातिकतर्फको सांसद सूचीमा पनि आफ्ना नजिकका मान्छेलाई मात्र अवसर दिएको देखिन्छ । जसकारण वर्षैंदेखि पार्टीको लागि खटेका आफ्ना कार्यकर्ता एकअर्को पार्टीमा जाने गरेको देखिन्छ । यो असन्तुष्टिको पराकाष्ठा हो ।
_____________________________________________________________________
युवाहरूमा निर्वाचनप्रतिको उत्साह त्यति देखिएको छैन । त्यसबाट पंक्तिकार पनि अछुतो छैन् । पार्टीमा आबद्ध युवावाहेक स्वतन्त्र युवाहरू सामाजिक सञ्जालमार्फत् निर्वाचनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको देखिन्छ । पार्टीहरूले ‘गुन्डा’हरूलाई पनि निर्वाचन लड्न टिकट दिएको भन्दै उक्त गलत कदमबारे युवाहरूले विरोध गरेका छन् । र, देशको भविष्यबारे गहिरो चिन्ता व्यक्त गरेका छन् _____________________________________________________________
बहुदलीय राजनीतिक व्यवस्थामा आएपछि राजनीतिक दलहरूकै मिलेमतोमा ठूलाठूला भ्रष्टाचार काण्डहरू भएका छन् । जसअनुसार–लाउडा काण्ड, लडाकु शिविर काण्ड, नेपाल बैंक काण्ड, सुडान काण्ड, नेपाल आयल निगम काण्ड, साझा प्रकाशन काण्ड, चुडामणि शर्मा काण्ड । यी त सतहमा देखिएका ठूला भ्रष्टाचार काण्ड हुन् । भित्रभित्रै यस्ता कति भएका होलान् रु यसबाटै अनुमान लगाउन जो कोहीलाई गाह्रो छैन । मुख्य कुरो के छ भने, यी घटनामा पनि केहिलाई छाडेर अधिकांशलाई राजनीतिक आडकै भरमा कारबाहि हुन सकेको छैन् ।
अब पनि जनता सचेत नहुने हो भने यहाँ यस्ता काण्ड अझै दोहोरिन्छ । किनकी देशमा हुने अधिकांश ठूला भ्रष्टाचारमा संलग्नहुनेहरूका अदृश्य संरक्षक भनेका शीर्षस्त नेता नै हुन् । अब उनीहरू चाहेर पनि त्यो दलदलबाट निस्कन सक्ने छैनन् । त्यसकारण यिनीहरूलाई विगतमा आफूले गरेका कर्तुतहरूबाट बच्न पनि अन्तिमसम्म सत्ताकै वरिपरी रहनुपर्ने हुन्छ । हामीले निर्वाचनलाई देशको मुहार फेर्ने अवसरको रूपमा लिनुपर्छ । देशको भविष्य कस्तो बनाउने भन्नेमा निर्वाचित जनप्रतिनिधिका गतिविधिले निर्धारण गर्छ । त्यसैले पनि निर्वाचनको समयमा मतदाता चनाखो बन्न जरूरी छ । लहड, कसैको प्रलोभन, डरधम्कीबाट प्रभावित नभई आफूलाई उचित पार्टी तथा नेतालाई निर्वाचित गर्नुपर्छ । र, विकृत राजनीतिकबाट देशलाईमुक्त गराउने जिम्मेवारी हामीले लिनुपर्छ । तसर्थ अहिले बनेका लोकतान्त्रिक तथा वाम गठबन्धनमा रहेका सक्षम, निस्कलङ्क र अन्य नयाँ राजनीतिक शक्तिहरूले उठाएका युवाहरूलाई निर्वाचित गरी पठाउनु आवश्यक रहेको देखिन्छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












