विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न जिप सफारी
चितवन, १० मंसिर । विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् । सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउनुहुन्छ, कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल । उहाँका अनुसार हिजो शनिवार झण्डै ३०० जना पर्यटकले कुमरोज वन घुमे ।
“विदाको दिनमा धेरै नै बढी पर्यटक आउँछन्,” नेपालले भन्नुभयो – झण्डै ३०÷४० वटा जिपमा पर्यटकहरु आएर गैंडा हेर्छन् ।’ चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैंडा छन् । बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्वपूर्ण मानिन्छ । अझै गैंडा हेर्न भनेर आउने पर्यटकको संख्या बढी छ । सौराहा आएका पर्यटकहरु यहाँ घुम्न पुग्छन् ।
पूर्वी चितवनको कुमरोजमा वन र दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । सो सामुदायिक वन ६९७ हेक्टरमा फैलिएको छ । एकसिंगे गैंडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ ।
हात्ती सफारीको सुविधा समेत कुमरोजमा छ । रात बिताउनका लागि २ वटा मचान समेत भएकाले मचानमा बसेर पर्यटकहरुले गैंडा तथा वन्यजन्तुहरु अवलोकन गर्न पाउँछन् । अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार वनमा पर्या–पर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ । उक्त आम्दानी स्थानीयवासीको आयआर्जन, संरक्षण तथा विकासमा लगाइँदै आइएको छ ।
गएको वर्षदेखि यहाँ जिप सफारी समेत शुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ । यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० लिने गरिएको छ । यस्तै, जिप प्रवेश गरेबापत रु ५०० लिने गरिएको छ । जिपमा करिव १८ किलोमिटर जंगल घुमेर पर्यटकहरु रमाउँछन् । पर्यटन र संरक्षणमा स्थानीय समुदायको समेत हातेमालो भएकाले संरक्षण प्रभावकारी भएको र पर्यटक आकर्षित हुन थालेको बताउनुहुन्छ समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका संयोजक ईश्वरी पाठक ।
पहिले गैंडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ । पछिल्लो तथ्याँकमा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जका गैंडा घुम्दै सो क्षेत्रमा आइपुग्छन् । अहिले दैनिक एकसय भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी जिप र हात्तीमा चढेर वन्यजन्तु समेत अवलोकन गर्दै आएका छन् । गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले जानकारी दिनुभयो । स्थानीयवासी गोविन्द दराई अहिले यहाँ ५ वटा दराई तथा थारु होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना रहेको बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












