विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न जिप सफारी
चितवन, १० मंसिर । विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् । सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउनुहुन्छ, कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपाल । उहाँका अनुसार हिजो शनिवार झण्डै ३०० जना पर्यटकले कुमरोज वन घुमे ।
“विदाको दिनमा धेरै नै बढी पर्यटक आउँछन्,” नेपालले भन्नुभयो – झण्डै ३०÷४० वटा जिपमा पर्यटकहरु आएर गैंडा हेर्छन् ।’ चितवनको सौराहाबाट उत्तर पूर्व ५ किलोमिटर दूरीमा पर्छ कुमरोज । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर अन्तर्गत पर्ने सो ठाउँमा अहिले ५ देखि ७ वटा गैंडा छन् । बाघ, हात्ती, भालु, चित्तल, मयुरलगायत वन्यजन्तु र चराचुरुंगिको राम्रो बासस्थानका हिसाबले यो सामुदायिक वन महत्वपूर्ण मानिन्छ । अझै गैंडा हेर्न भनेर आउने पर्यटकको संख्या बढी छ । सौराहा आएका पर्यटकहरु यहाँ घुम्न पुग्छन् ।
पूर्वी चितवनको कुमरोजमा वन र दुर्लभ तथा संरक्षित वन्यजन्तुको संरक्षण हुन थालेपछि पर्यटक आकर्षित हुन थालेका हुन् । सो सामुदायिक वन ६९७ हेक्टरमा फैलिएको छ । एकसिंगे गैंडा र बाघको बासस्थान बढेपछि वन अवलोकनका लागि पर्यटक बढी आउन थालेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीरा गुरुङले बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जमा पहिलो पटक जिप सफारी सञ्चालन गरिएको छ ।
हात्ती सफारीको सुविधा समेत कुमरोजमा छ । रात बिताउनका लागि २ वटा मचान समेत भएकाले मचानमा बसेर पर्यटकहरुले गैंडा तथा वन्यजन्तुहरु अवलोकन गर्न पाउँछन् । अघिल्लो वर्षमा ५० हजार भन्दा बढी भन्दा पर्यटकले कुमरोज घुमेकामा अहिले बढ्ने अनुमान गरिएको वनका कार्यालय सचिव नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार वनमा पर्या–पर्यटनबाट नै ७० देखि ८० लाखको आम्दानी हुन्छ । उक्त आम्दानी स्थानीयवासीको आयआर्जन, संरक्षण तथा विकासमा लगाइँदै आइएको छ ।
गएको वर्षदेखि यहाँ जिप सफारी समेत शुरु भएपछि पर्यटकको थप आकर्षण बढेको छ । यहाँ आउने पर्यटकलाई जिप सफारीमा नेपालीलाई रु ५०, सार्क देशका लागि रु १०० र बाह्य मुलुकका पर्यटकलाई रु २०० लिने गरिएको छ । यस्तै, जिप प्रवेश गरेबापत रु ५०० लिने गरिएको छ । जिपमा करिव १८ किलोमिटर जंगल घुमेर पर्यटकहरु रमाउँछन् । पर्यटन र संरक्षणमा स्थानीय समुदायको समेत हातेमालो भएकाले संरक्षण प्रभावकारी भएको र पर्यटक आकर्षित हुन थालेको बताउनुहुन्छ समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान कुमरोजका संयोजक ईश्वरी पाठक ।
पहिले गैंडाका लागि यहाँ कृत्रिम ताल बनाउनु परेकामा अहिले गैंडाहरु उक्त वनमा प्रशस्तै देखिन थालेको छ । पछिल्लो तथ्याँकमा चितवन निकुञ्जमा ६०५ गैंडा छन् । निकुञ्जका गैंडा घुम्दै सो क्षेत्रमा आइपुग्छन् । अहिले दैनिक एकसय भन्दा बढी विदेशी र स्वदेशी पर्यटकले कुमरोज वनमा पुगी जिप र हात्तीमा चढेर वन्यजन्तु समेत अवलोकन गर्दै आएका छन् । गाउँमा पनि पर्यटकको बसाइँ लम्ब्याउन यहाँ होमस्टे सञ्चालन समेत गरिएको नेपालले जानकारी दिनुभयो । स्थानीयवासी गोविन्द दराई अहिले यहाँ ५ वटा दराई तथा थारु होमस्टे खुलेको र अझै एकदर्जन बढी होमस्टे सञ्चालनको योजना रहेको बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











