आगोले पोलिएका राउटे युवकको घाउँ बल्झियो, मुखियालाई फकाएपछि पुनः उपचार हुँदै
दैलेख, १४ मंसिर । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ । आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो । सत्यदेवी अधिकारीका पहलमा काठमाडौँंमा उपचार गराएर निको भएको उनको घाउ पुनः बल्झिएको छ । घाउ बल्झिएपछि अहिले दैलेख अस्पतालमा उनको उपचार भइरहेको छ ।
विसं २०७२ मा अछामको भैरवस्थानमा बसोबास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । कपिलको कीरा परेको घाउको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिलसँगै अन्य दुई राउटेलाई काठमाडौँ लगेर उपचारका गराएकी थिइन् ।
परम्परागत औषधोपचारलाई मुख्य ठान्दै आएका राउटे युवाले पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ । औषधि खान नमान्ने समुदायले आजभोलि बिरामी पर्दा उपचार गर्न र औषधि खान शुरु गरेको छ । चिसोका कारण समस्यामा परेको सो समुदाय अहिले भैरवी गाउँपालिका– ५ सैनचौरमा बसोबास गर्दै आएकोछ ।
गुन्योको पातलो छानामा जीवन गुजारा गर्दैआएको राउटे समुदाय आफूहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँछ । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएको सो समुदायले निर्माण गरेका कोशी, मधुस आदि बिक्रीवितरण हुन छाडेपछि समस्या थपिँदै गएको बताइएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












