आगोले पोलिएका राउटे युवकको घाउँ बल्झियो, मुखियालाई फकाएपछि पुनः उपचार हुँदै
दैलेख, १४ मंसिर । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ । आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो । सत्यदेवी अधिकारीका पहलमा काठमाडौँंमा उपचार गराएर निको भएको उनको घाउ पुनः बल्झिएको छ । घाउ बल्झिएपछि अहिले दैलेख अस्पतालमा उनको उपचार भइरहेको छ ।
विसं २०७२ मा अछामको भैरवस्थानमा बसोबास गर्दा सुतेको अवस्थामा उनको शरीर पोलिएको थियो । कपिलको कीरा परेको घाउको उपचार गराउनका लागि राउटेसँग काम गर्दै आएकी अधिकारीले राउटे मुखियालाई निकै फकाएपछि कपिलसँगै अन्य दुई राउटेलाई काठमाडौँ लगेर उपचारका गराएकी थिइन् ।
परम्परागत औषधोपचारलाई मुख्य ठान्दै आएका राउटे युवाले पछिल्ला दिनमा बिरामी पर्दा उपचार गराउन थालेपछि परिवर्तनको संकेत देखिन थालेको छ । औषधि खान नमान्ने समुदायले आजभोलि बिरामी पर्दा उपचार गर्न र औषधि खान शुरु गरेको छ । चिसोका कारण समस्यामा परेको सो समुदाय अहिले भैरवी गाउँपालिका– ५ सैनचौरमा बसोबास गर्दै आएकोछ ।
गुन्योको पातलो छानामा जीवन गुजारा गर्दैआएको राउटे समुदाय आफूहरु चिसोका कारण समस्यामा पर्दैै आएको बताउँछ । सरकारले दिएको भत्ताले गुजारा गर्दै आएको सो समुदायले निर्माण गरेका कोशी, मधुस आदि बिक्रीवितरण हुन छाडेपछि समस्या थपिँदै गएको बताइएको छ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












