धुलोमुक्त बनाउने भन्दै काठमाडौंका सडकमा ब्रुमर चलाइयो
काठमाडौं, १४ मंसिर । धुलोमुक्त बनाउने भन्दै काठमाडौंको सडकमा ब्रुमरको प्रयोग सुरु भएको छ । काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रण गर्न ब्रुमर प्रयोगमा ल्याएका हुन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरिएको छ । १ डम्फर (करिव ५०० किलोग्राम) मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
धुलोमुक्त सडकको परिणाम निकाल्न विद्यमान पूर्वाधार नै समस्या देखिएको महानगरपालिकाको ठहर छ । पूर्वाधारजन्य समस्याको समाधानका लागि सडक विभागसँग छलफल गरेर समाधान निकाल्ने महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक भने खुशी छन् ।
Comments
अरु समाचार
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो
काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...












