यान्त्रिक हलोतर्फ किसानको आकर्षण
म्याग्दी, १४ मंसिर । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् । ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् ।
यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन् । बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भोजीन्द्र पौडेलले गोरुले जोत्दा तीन दिन लाग्ने खेत मिनीटिलरले एकै दिनमा सक्ने बताउनुभयो । सडक छेउछाउ, ढुङ्गा नभएको र ठूला गह्रा भएका फाँटमा ट्र्याक्टरले नै खेत जोत्ने गरिएको छ ।
ताकमका किसान दीपक सुवेदीले गोरु नपाइने, पाल्न दुःख हुने र मजदुर नपाउने समस्या बढिरहेका बेला यान्त्रिक हलोले राहत मिलेको बताउनुभयो । यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ ।
एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ । हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् । यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको बेनपा–२ बगरफाँटका भीमबहादुर रिजालले बताउनुभयो ।
मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा भने किसानलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा ट्र्याक्टरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने समस्या रहेको किसानले बताएका छन् ।
बजारीकरण गर्न महोत्सव
स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वका अवसरमा महोत्सवका साथै ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला आयोजना हुन लागेको हो ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब रु छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यावसायिक कक्ष राखिनेछ । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











