यान्त्रिक हलोतर्फ किसानको आकर्षण
म्याग्दी, १४ मंसिर । जिल्लाका किसान यान्त्रिक हलोतर्फ आकर्षित भएका छन् । ग्रामीण क्षेत्रका किसानले खेतबारी खनजोतका लागि गोरुको विकल्पमा आधुनिक यान्त्रिक हलोको प्रयोग गर्ने क्रम बढेको छ । गाउँमा किसान यान्त्रिक हलोले खेतबारी खनजोत गर्न थालेका छन् ।
यान्त्रिक हलोको प्रयोगसँगै उत्पादन लागत घटेको र सजिलो भएको किसानले बताएका छन् । बेनी नगरपालिकाका साथै मालिका, मंगला, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका किसानले यान्त्रिक हलोको प्रयोग गरेर खेतबारी खनजोत गर्न थालेका छन् । धौलागिरि गाउँपालिका– ७ ताकमका भोजीन्द्र पौडेलले गोरुले जोत्दा तीन दिन लाग्ने खेत मिनीटिलरले एकै दिनमा सक्ने बताउनुभयो । सडक छेउछाउ, ढुङ्गा नभएको र ठूला गह्रा भएका फाँटमा ट्र्याक्टरले नै खेत जोत्ने गरिएको छ ।
ताकमका किसान दीपक सुवेदीले गोरु नपाइने, पाल्न दुःख हुने र मजदुर नपाउने समस्या बढिरहेका बेला यान्त्रिक हलोले राहत मिलेको बताउनुभयो । यान्त्रीकरणमार्फत कृषि कार्यलाई सहज बनाउने, लागत घटाउने र उत्पादन वृद्धि गर्ने उद्देश्यले विगत केही वर्षयता जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मिनीटिलर हलो वितरण गर्दै आएको छ ।
एउटा मिनीटिलर हलोको मूल्य रु ७५ हजारसम्म पर्छ । हलगोरु खरिदका लागि पनि उत्तिकै खर्च गर्नुपर्ने र पाल्नुपर्ने झन्झटबाट किसान मुक्त भएका छन् । यस वर्ष कृषिको बजेट स्थानीय तहमा गए पनि नगरपालिका र गाउँपालिकाले बजेट अन्यत्र विनियोजन गर्दा यन्त्र उपकरण, मलबीउ र विषादीमा पाउँदै आएको अनुदानबाट वञ्चित हुनु परेको बेनपा–२ बगरफाँटका भीमबहादुर रिजालले बताउनुभयो ।
मिनीटिलरप्रति आकर्षण बढे पनि प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी नहुँदा भने किसानलाई समस्या भएको छ । प्राविधिक विषयमा पर्याप्त जानकारी नहुँदा ट्र्याक्टरमा सामान्य समस्या आउँदासमेत बोकेर बेनी ल्याउनुपर्ने समस्या रहेको किसानले बताएका छन् ।
बजारीकरण गर्न महोत्सव
स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आगामी पुस २८ गतेदेखि माघ ८ गतेसम्म बेनीमा छैटौँ म्याग्दी महोत्सव आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा माघे संक्रान्ति पर्वका अवसरमा महोत्सवका साथै ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक र व्यापार मेला आयोजना हुन लागेको हो ।
स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले जानकारी दिनुभयो । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र करिब रु छ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा १८० वटा व्यावसायिक कक्ष राखिनेछ । रासस
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












