राससका पत्रकार भट्टराईलाई सेजन पुरस्कार
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय समाचार समितिका पत्रकार किरण भट्टराईलाई यस वर्षको विद्युतीय माध्यमतर्फको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त भएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनको २०औँ वार्षिकोत्सव सेजन डेका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा रु २५ हजार राशिको सो पुरस्कार प्रदान गर्ने घोषणा भएको हो ।
वैदेशिक रोजगारीका कथाव्यथा र मलेसियामा नेपाली श्रमिकले झेल्नुपरेका पीडालाई समेटेर पत्रकार भट्टराईले राससबाट सम्प्रेषण गर्नुभएको समाचारलाई सेजनले पुरस्कृत गरेको हो । राससका उक्त समाचार मूलधारका प्रायः सबै अनलाइन पोर्टलमा प्रकाशन भएको थियो भने लाखौँ पाठकले पढेका थिए ।
पत्रकार भट्टराईसँगै कर्पोरेट नेपालडटकमका पत्रकार सीताराम बिलासी तथा छापामाध्यमबाट कान्तिपुर दैनिकका कृष्ण आचार्य र नागरिक दैनिकका दिलिप पौडेललाई जनही रु २५ हजार राशिकै पुरस्कार प्राप्त भएको छ । त्यसैगरी क्यापिटल म्यागेजिनका विनय बञ्जारालाई प्रोत्साहनस्वरुप कदरपत्रबाट सम्मान गरिएको छ ।
सेजन डेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले र नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले राससका पत्रकार भट्टराईबाहेक सबैलाई प्रमाणपत्रसहितका ती पुरस्कार प्रदान गर्नुभयो । समाचार संकलनका सिलसिलामा पत्रकार भट्टराई राजधानी बाहिर रहनुभएकाले उहाँलाई उक्त पुरस्कार पछि हस्तान्तरण गरिने सेजनले जनाएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












