पुस २७ को सार्वजनिक बिदा सकारात्मक: राप्रपा
काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकामा त्यसलाई सकारात्मक रुपमा लिएको छ ।
पार्टीका महामन्त्री राजाराम श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्र निर्माताको स्मरणमा राष्ट्रियस्तरबाट उहाँलाई सम्मान गर्नुपर्ने माग पार्टीको चुनावी घोषणापत्रमा समेत कायम गरी प्राथमिकतामा राखिएको विषयलाई देउवा नेतृत्वको सरकारले पूरा गरिदिएकोमा त्यसलाई सकारात्मक रुपमा लिँदै सरकारलाई धन्यवाद दिइएको छ ।
मुलुकमा जातीय, क्षेत्रीय विखण्डनको आवाज उठिरहेको अवस्थामा राष्ट्र निर्माताप्रति सम्मान गर्ने उक्त निर्णयले सबै नेपालीलाई एकताको सुत्रमा बाध्ने विश्वास व्यक्त गर्दै उक्त राष्ट्रिय एकता दिवस मनाउनसमेत विज्ञप्तिमा भनिएको छ । रासस
Comments
अरु समाचार
-
आयात र निर्यातबीच उच्च असन्तुलन, सात महिनामा नौ खर्ब ५५ अर्ब व्यापार घाटा
काठमाडौं । आयात र निर्यातबिचको उच्च असन्तुलनका कारण नेपालको बैदेशिक व्यापार घाटा उच्चरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार...
-
समानुपातिकतर्फको मतगणना सम्पन्न, रास्वपाले ल्यायो ५१ लाख ३९ हजार भोट
काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।पछिल्लो समय गोरखा...
-
दुई हजार ८९० उम्मेदवारको जमानत जफत, धरौटी रकम जोगाउन कति भोट ल्याउनुपर्छ ?
काठमाडौँ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी...
-
प्रधानन्यायाधीशका लागि सिफारिस ६ न्यायाधीश को हुन् ?
काठमाडौं । सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका...
-
निर्वाचन अपडेटः समानुपातिकतर्फ एक करोड सात लाख मत गणना
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन...
-
एक-दुई ठाउँमा चट्याङसहित वर्षाको सम्भावना, तराईमा तुवाँलो
काठमाडौं । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून...
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...












