दोस्रो अभ्यास खेलमा नेपालद्धारा केन्या ६ विकेटले पराजित
काठमाडौं, १७ मंसिर । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणका खेलका लागि युएईमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा केन्यासँग ६ विकेटको विजयी भएको छ । शुक्रबार भएको पहिलो अभ्यास खेलमा अमेरिकासँग ५ विकेटले पराजित भएको नेपाल आइतबार भएको दोस्रो खेलमा भने केन्यासँग ६ विकेटले विजयी भएको हो ।
पाँच जना सिनियर खेलाडीबिना मैदानमा उत्रिएको नेपालले केन्याले दिएको १११ रनको लक्ष्य १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । नियमित कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, बिनोद भण्डारी र सोमपाल कामीलाई आजको खेलमा आराम दिइएको थियो ।
नेपालले सुरुवाती तीन विकेट सस्तैमा गुमाएको थियो । इनिङको पहिलो बलमै नेपालका ओपनर दिलिप नाथ बोल्ड भएका थिए । दोस्रो ओभरमा अर्का ओपनर सागर पुन पनि व्यक्तिगत १ रनमा पेविलियन फर्किए । अनिल साह १३ रन बनाएर आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।
तर चौथो विकेटका लागि कप्तान शरद भेषावकर र युवा स्टार दिपेन्द्र सिंह ऐरीले ७६ रनको साझेदारी गर्दै स्कोर १०५ पुर्याए । जितका लागि ६ रन आवश्यक हुँदा व्यक्तिगत ४६ रन जोडेका दिपेन्द्र १९औं ओभरमा रनआउट हुन पुगे । त्यसपछि आएका आरिफ र शरदले इनिङको अन्त्य गरे । शरद ३१ र आरिफ ४ रनमा अविजित रहे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ३२.२ ओभरमा सबै विकेट गुमाएर ११० रनको झिनो योगफल बनाएको थियो । बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिँदा आरिफ शेखले २ तथा करण केसी, सागर पुन र सन्दिप लामिछानेले १/१ विकेट लिए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












