नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्ने समूह नेपालमा
काठमाडौँ, १९ मंसिर । नेपाल जापान सम्बन्धलाई सुमधुर बनाउने उद्देश्यले जापानी राष्ट्रिय फूल ‘साकुरा’ रोप्न वृद्ध जापानीको समूह नेपाल आएको छ । साकुरालाई शान्तिको प्रतीक मानिन्छ । विश्वमा शान्ति, भ्रातृत्व र समृद्धिको सन्देश प्रवाह गर्न जापानीले २३ देशका ३५ शहरमा साकुरा रोप्दै आएका छन् । नेपालमा यस वर्ष पहिलो पटक दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन राष्ट्रिय शहीद स्मारक गोकर्णमा डेढ फिट उचाइका २०० साकुरा फूल रोपिएको छ ।
साकुरा रोप्न आएको चेरी ब्लुस्म एशोसिएसनका अधिकांश व्यक्ति ६० वर्षभन्दा बढी उमेरका छन् । नेपालका गाउँगाउँमा साकुरा रोपेर दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने चाहनाले बाह्र जनाको वृद्धको समूह नेपाल आएको हो ।पुष्परोपण शुरुवात गर्दै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले नेपालमा पनि साकुरा हुर्कन सक्ने वातावरण भएकाले शान्तिको सन्देश फैलाउने उद्देश्यले रोपिएको बताउनुभयो । कृषि विकास मन्त्रालयका सहसचिव हेमलाल अर्यालले साकुरा चुरे क्षेत्रमा पनि रोप्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा र हराभरा बनाउन जापानीको अभियानले सहयोग पुग्ने बताउनुभयो । “प्राकृतिक वातावरणमा स्वच्छतासँगै साकुरा फूल रोप्नाले शान्तिको सन्देश समेत प्रवाह गर्ने उद्देश्यले २३ देशका ३५ देशमा सञ्जाल बनाइएकाले यो एउटा अभियान बनेको छ, यस्तो अभियानलाई महानगरले पनि सहयोग गर्छ”, उहाँले भन्नुभयो ।
गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपालले फूल हुर्काउन नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले फूल हुर्काउन कुनै कसर बाँकी नराखिने र रेखालुको व्यवस्था गरिने सुनाउनुभयो ।
नेपालमा साकुरा रोप्ने कामको समन्वय एवं नेतृत्व गर्नुभएका नेपाल पिस सोसाइटीका अध्यक्ष तथा जापानमा कार्यरत अन्तर्राष्ट्रिय कानून व्यवसायी बलराम श्रेष्ठले यो कार्यक्रमलाई आगामी वर्ष अन्यत्र पनि विस्तार गरिने जानकारी दिनुभयो ।नेपालमा साकुरा रोप्न प्राविधिक सहयोग गर्ने एशोसिएसनका मात्सुजावा हिरोबुमीले यस वर्ष रोपिएका फूल संरक्षण भएका आधारमा अर्को वर्षदेखि कार्यक्रमलाई विस्तार गरिने बताउनुभयो । रासस
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...











