उत्कृष्ट स्वयंसेवी पुरस्कृत
काठमाडौँ, २० मंसिर । मानवीय सेवामा अतुलनीय योगदान पु¥याएबापत तीनजना स्वयंसेवीले उत्कृष्ट मानवीय सेवा सम्मान एवं पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ ।
यसरी पुरस्कृत हुनुहुनेमा नेपाल रेडक्रश सोसाइटीका स्वयंसेवकद्वय नारायणकुमार श्रेष्ठ एम्बुलेन्स अंकल, धादिङ र राजन श्रीवास्तव पर्सा र सजना सुनुवार सुर्खेत हुनुहुन्छ । अन्तरराष्ट्रिय स्वयंसेवक दिवसका अवसरमा विभिन्न संस्थाद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँहरुलाई नगद रु ५० हजारसहित सम्मान गरिएको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
वीरगञ्जलगायत आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिई आम रक्तदातालाई रक्तदान गर्न उत्प्रेरणा जगाएबापत स्वयंसेवक श्रीवास्तव र प्रकोप तथा दुर्घटनामा स्थलगत उद्धार कार्यमा अनवरतरुपमा खटिएबापत स्वयंसेवक श्रेष्ठले सो सम्मान प्राप्त गर्नुभएको हो । यसैगरी, महिला हिंसा अन्त्य र जोखिममा परेका बालबालिका उद्धार कार्यमा योगदान दिएबापत सुनुवारले सो सम्मान प्राप्त गर्न सफल हुनुभएको हो ।
सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिरोध कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकाल र राष्ट्रसंघीय स्वयंसेवक संस्था युएनभीका नेपाल निर्देशक जयशंकर लालले उहाँहरुलाई सो सम्मान प्रदान गर्नुभएको थियो । युएनभीले हरेक वर्ष मानवीय सेवामा उत्कृष्ट कार्य गर्नेलाई सम्मान गर्दै आएको छ । सो अवसरमा कार्यक्रम संयोजक ढकालले मानवीय सेवामा तल्लीन हुनु सोसाइटीको प्रमुख दायित्व रहेको चर्चा गर्नुभयो । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











