गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै
काठमाडौँ, २२ मंसिर । सीमा राना नाम परिवर्तन अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । सीमा मात्र होइन, काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल/कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन् ।
सरकारले अनिच्छित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विवाहित मात्र होइन अविवाहित जोडीले गर्भपतन गर्ने सहजतालाई जथाभावी प्रयोग गरिरहेको पाइएको छ । अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरु छन् ।
जनस्वास्थ्य कार्यालय काठमाडौँको आव २०७३/७४ को तथ्याँक अनुसार १३ हजार ५७ जनाले गर्भपतन गराएका थिए जसमध्ये २० वर्षमुनिका किशोरीको संख्या तीन हजारभन्दा बढी छ ।
वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राडा अचला वैद्य किशोरकिशोरीलाई यौन शिक्षा विद्यालय तहबाटै दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ ।
विपरीत लिङगी साथी बनाउने र शारिरीक सम्बन्धलाई मनोरजञ्जको रुपमा लिने गलत प्रवृतिका कारण गर्भपतनले डरलाग्दो रुप लिइरहेको उहाँ बताउनुहुन्छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले अहिले विद्यालय महाविद्यालयका किशोरकिशोरीले शारिरीक सम्बन्धलाई निकै सहज रुपमा लिने गर्दा र सुरक्षा नअपनाउँदा यसको असर विकराल बन्दै गएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो – “बिहे गर्न बीस वर्ष उमेर तोकिएकाले त्यस अघि शारिरीक सम्बन्ध पनि राख्न हुन्न भन्न खोजिएको हो तर समय धेरै अघि बढिसकेको छ । अहिले यौन सम्बन्धलाई सहज रुपमा लिने र मनोरञ्जनका लागि मात्र प्रयोग गर्ने गरेका कारण धेरै गर्भ फाल्दा किशोरीको प्रजनन् क्षमतामा ह्रास आउने खतरा बढेको छ । ”भर्खरै मात्र सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पनि गर्भपतन परिवार नियोजनको विकल्पको रुपमा विकास भइरहेको पुष्टि गरेको थियो ।
सो सर्वेक्षणले नेपालमा ७१ प्रतिशत गर्भपतन परिवार नियोजनको रुपमा प्रयोग हुँदै आएको तथ्याँकले देखाएको छ । अघिल्लो वर्षपनि गर्भपतन गराएकामध्ये २५ प्रतिशतभन्दा बढी २० वर्षमुनिका किशोरीले गर्भपतन गराउने गरेको पाइएको थियो ।
कानुनी रुपमा १२ हप्तासम्मको गर्भ महिलाले चाहेमा पतन गराउन सक्ने प्रावधान छ । विशेष परिस्थितिमा १८ हप्तासम्मको गर्भ पतन गराउन मिल्ने सरकारले बाटो खुला गरेको छ ।काठमाडौँमा गर्भपतन गराउने महिलाको संख्या वार्षिक १५ हजार भन्दा बढी रहेको जनस्वास्थ्य कार्यालय काठमाडौँको तथ्याँक छ ।
जनस्वास्थ्य कार्यालयमा २०७१/७२ मा काठमाडौँमा १३ हजार ६०९ जनाले गर्भपतन गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्याँक अधिकृत पुष्कर बिजुक्छेले दिनुभएको जानकारी अनुसार आव २०७२/७३ मा १५ हजार ५०३ जनाले गर्भपतन गराएको तथ्याँक छ । त्यसमा करिब २४ प्रतिशत २० वर्षमुनि छन् । चिकित्सकको बुझाइमा काठमाडौँमा २० वर्षमुनिका किशोरीमा गर्भपतनको संख्या बढ्नुमा असुरक्षित यौन सम्पर्क, अस्थायी साधनको प्रयोग नगर्नु र यौन शिक्षाबारे पर्याप्त ज्ञान नहुनु हो ।
गर्भपतन गराउन आउने अधिकांश किशोरीले औषधि सेवनको विधि रोज्ने गरेका छन् । काठमाडौँमा औषधि खाएर गर्भपतन गराउने किशोरीको संख्या पनि कूल गर्भपतनको आधाआधी हुने अनुमान गरिएको छ । दश साता नाघेको गर्भपतन गराउन औषधि सेवन भरपर्दो नहुने भएकाले आधाजसो किशोरीले चिकित्सकको सल्लाहमा शल्यक्रिया मार्फत गर्भपतन गराउने गरेका छन् ।
डा वैद्यले भन्नुभयो–“गर्भपतन सामान्य र स्वाभाविक होइन । यसले महिलाको स्वास्थ्यमा नकारात्मक असर पार्दछ । गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन असर पु¥याउने भएकाले यसलाई अस्थायी साधनको रुपमा लिनुहुन्न । ”उहाँको भनाइमा पटकपटक गर्भपतन गराउँदा धेरै रक्तश्राव हुने, पाठेघरमा प्वाल पर्ने, पाठेघर काम नलाग्ने हुने र प्रजनन स्वास्थ्यमा असर पार्ने हुन्छ ।
त्यस्तै, गर्भपतनका लागि खाने औषधिले महिलामा अवस्थाअनुसार तौल कम वा धेरै हुने, पाठेघरमा घाउ हुने र सोही घाउ बढेर क्यान्सर समेत हुनसक्ने भएकाले महिलाले पहिलो बच्चा जन्माउनुअघि गर्भपतन गराउन नहुने सल्लाह उहाँको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












