बधाई तथा शुभकामना दिन सहज बन्यो ‘फेसबुक’
पाल्पा, २५ मंसिर । मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना नतिजा सार्वजनिक भएपछि पहिला, दोस्रो र तेस्रो स्थान हासिल गर्ने उम्मेदवारले सामाजिक सञ्जाल ‘मुहारपुस्तक’ मार्फत मतदाता र शुभचिन्तकलाई आभार प्रकट गरिरहेका छन् । समयको बचत र स्वदेश तथा विदेशमा रहेकालाई एकैसाथ सम्बोधन हुने भएपछि पाल्पाका विजयी तथा पराजित दुबैथरीले फेसबुकबाट आफूलाई सहयोग गर्ने सबैलाई आभार तथा धन्यवाद प्रकट गरेका हुन् ।
मतदाता तथा शुभचिन्तकले विजयी उम्मेदवारलाई फेसबुकबाटै बधाई तथा शुभकामना दिने क्रम जारी छ । पराजय भोगेका उम्मेदवारले विजेतालाई सम्मानपूर्वक बधाई तथा शुभकामना व्यक्त गर्ने संस्कारको सर्वत्र सराहना गरिएको छ ।पाल्पा निर्वाचन क्षेत्र २ प्रदेश ख का विजयी उम्मेदवार नेकपा माओवादी केन्द्रका तुलाराम घर्ती वसन्तलाई नेपाली काँग्रेसका उम्मेदवार राम कार्कीले प्रेस विज्ञप्तिमार्फत शुभकामना दिनुभयो । विज्ञप्तिमा भनिएको छ – “यो निर्वाचनमा मेरा विजेता मित्र वसन्त घर्ती लगायतका टोलीलाई हार्दिक बधाई दिँदै संविधान कार्यान्वयन, लोकतन्त्रको संरक्षण, देश र जनताको समृद्धिका लागि कार्य गर्ने सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्दछु र यस कार्यमा मेरो सधैँ रचनात्मक सहयोग रहने विश्वास दिलाउन चाहन्छु ।”
प्रदेशसभामा विजयी भएपछि घर्तीले आम पाल्पाली आमाबुबा, दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, शुभचिन्तक, आफन्तजन तथा सम्पूर्ण मतदाताको सद्भाव र सहयोगबाट आफूलाई विजयी बनाउन सहयोग गर्नुभएकामा फेसबुकबाट हार्दिक आभार व्यक्त गर्नुृभयो । पाल्पा निर्वाचन क्षेत्र १ का नेपाली काँग्रेसका उम्मेदवार विजयराज घिमिरेले नेकपा एमालेका विजयी उम्मेदवार दलबहादुर रानालाई बधाई तथा शुभकामना दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सोमप्रसाद पाण्डेयले फेसबुकमार्फत नै मतदाता, शुभचिन्तक तथा निर्वाचन सम्पन्न गराउन अहोरात्र खट्ने कर्मचारी, पत्रकार तथा पर्यवेक्षकलाई धन्यवाद दिनुभयो ।
पाल्पा निर्वाचन क्षेत्र १ मा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर राना, पाल्पा क्षेत्र १ प्रदेश क युवराज खनाल, ख मा नारायण आचार्य र पाल्पा क्षेत्र २ बाट सोमप्रसाद पाण्डेय, प्रदेश क मा डा पुरन बज्राचार्य र ख मा तुलाराम घर्ती वसन्त विजयी हुनुभएको छ । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












