विवाह गर्न दर्जनौँ जोडी प्रशिद्ध मन्दिर उग्रतारामा
डडेल्धुरा २६ मंसिर । हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौँ जोडी भेटिने गर्दछन् । पहिलापहिला छिटफुट रुपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भएता पनि पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साकीले बताउनुभयो ।
उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले पनि विवाह गर्न दुलाहादुलहीका परिवारको मन्जुरीमा हुने गरेको डडेल्धुराका सञ्चारकर्मी टेकराज अवस्थीले जानकारी गराउनुभयो । विवाहको समयमा विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै पाइन्छ । दुई दिने विवाहको प्रचलन हराउँदै गएको अवस्थामा मन्दिरमा विवाह गर्ने मानिस बढेको सर्वसाधारणको बुझाइ रहेको छ । हिन्दू परम्पराका आधारमा एक दिवसीय विवाह गर्दा धेरै विवाहका कर्मकाण्ड पूरा नहुने पुरोहितको भनाइ रहेको छ । एक दिवसीय विवाह गर्दा विवाहका कर्मकाण्ड पुरा नभए पनि मन्दिरमा गर्दा सोसरह मानिने पण्डित लोकराज भट्टले बताउनुभयो ।
छोटो समयमा विवाह गर्नुपर्दा महत्वपूर्ण कर्मकाण्ड छुट्ने र ग्रहदशाका आधारमा समस्या आउन सक्ने बूढापाका बताउँछन् । एक दिवसीय विवाह कामचलाउ मात्र भएको र सिन्दूर हाल्ने औपचारिकता मात्रै दिने कार्य भइरहेको पण्डित प्रसाद भट्टले जानकारी गराउनुभयो । विवाह सम्पन्न हुञ्जेलसम्म पूरा गर्नुपर्ने मात्र समेत पूरा नहुने विवाह गराउने पण्डितको भनाइ रहेको छ । धर्मका अनुसार रातभर गराएको विवाह नै पवित्र मानिने भएपनि पछिल्लो समयसापेक्षता अनुसार एक दिवसीय विवाहको महत्व बढ्दै गएको युवापुस्ताको भनाइ रहेको छ ।
समयका आधारमा पनि दुई दिनको विवाह समयलाई एकदिनमा सम्पन्न गर्दा कम खर्चिलो र समय वचत हुने उग्रतारा मन्दिरमा विवाह गरिरहेका कैलाश पनेरुले बताउनुभयो । इष्टमित्र र नातेदारको समय पनि खेर नजाने र सबै कुराले एक दिवसीय विवाह नै उपयुक्त हुने गरेको पनेरुले बताउनुभयो । विवाहपश्चात् सुखद् जीवन बित्नु पर्छ भनेर मन्दिरमा भगवान्लाई साक्षी राखेर विवाह गर्दा कर्मकाण्ड उसै पनि पूरा हुने युवापुस्ताको भनाइ रहेको छ । चिसो मौसमका कारण पनि दुई दिवसीय विवाहभन्दा एक दिनमा नै विवाह सक्दा जन्तीमा जाने मानिसले पनि कष्ट भोग्नु नपर्ने हुन्छ ।
मंसिर महिना लागेदेखि नै उग्रतारा मन्दिरमा विवाह गर्न दैनिक दर्जन जोडी आउने गरेको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ । मन्दिर परिसरमा मण्डप निर्माण गरिएका भएता पनि कयौँ दिन मण्डपमा ठाउँ नभएर मन्दिर परिसरभित्र खुला ठाउँमा पनि विवाह गर्दै गरेका जोडी भेटिन्छन् । उग्रतारा मन्दिरमा विवाह गर्न मंसिरजस्तै अन्य महिनामा पनि घुइँचो लाग्ने गर्दछ । मन्दिरमा विवाह गर्दा समय र पैसाका हिसाबले पनि कम खर्चिलो हुने गर्दछ भने उग्रतारा क्षेत्र विकासको कोष पनि वृद्धि हुने गर्दछ । यसरी पछिल्लो समयमा विवाहका लागि उग्रतारा मन्दिर प्रशिद्ध विवाहस्थल बन्दै गइरहेको छ । रासस
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











