चुनावी प्रतिस्पर्धामा रहेका सबै महिला पराजित
पोखरा, २८ मंसिर । कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै १२ जना महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ क मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले १३ हजार ५७ मत ल्याएर पराजित हुनुभयो उहाँका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजी बरालले १५ हजार ८२३ मत प्राप्त गरी विजयी हुनुभयो । यस्तै हारेका अन्य महिला उम्मेदवारले पनि थोरै मत ल्याएका थिए ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय जनमुक्ति पार्टीकी उमा दर्लामी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री, संंघीय समाजवादी फोरम नेपालकी रत्न भट्टचन र नेपाल दलित पार्टीकी लक्ष्मी विश्वकर्मा पनि चुनावी प्रतिस्र्धामा उत्रिनुभएको थियो । यस्तै प्रदेशसभा क्षेत्र नं १ (क) मा मंगोल नेशनल अर्गनाइजेशनकी ज्ञानु गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीकी सीता श्रीस मगर, (ख) मा संघीय समाजवादी फोरम नेपालकी काशीमाया गुरुङ, प्रदेश नं २ (क) मा राप्रपाकी विष्णु खड्का, ख मा नेपाल दलित पार्टीकी मिठु परियार, प्रदेश नं ३ (ख)मा नेपाल दलित पार्टीकी कमला विक र राप्रपाकी धनुमाया कोइराला आचार्य पनि प्रतिस्पर्धी बन्नुभएको थियो । जिल्लाभर प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका सदस्यका लागि छ निर्वाचन क्षेत्रमा तीन स्वतन्त्रसहित ९५ जना चुनावी प्रतिस्पर्धामा थिए । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












