गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी
तेह्रथुम, २८ मंसिर । तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसँग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् ।
संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित सो पोखरीको संरक्षणका लागि तत्कालीन जिल्ला विकास समितिले छुट्याएको रु पाँच लाखबाट हाल पोखरी परिसरमा घेरबार गरिएको छ । सो रकमले पोखरी परिसरमा ३९० मिटर घेरबार लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताउनुभयो । “अब पानीको स्रोत जुटाउनु छ, स्रोतको पहिचान गर्ने क्रममा छौँ”, उहाँले भन्नुभयो । प्राकृतिकरुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहर बढ्दो छ । वर्षेनी मौसम परिवर्तन हुँदै पानीको मुहान सुक्दै गएको छ ।
पाँच वर्ष अघिसम्म भरिभराउ हुने सो पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफूहरु प्रयत्नशील रहेको अध्यक्ष लिम्बूले बताउनुभयो । प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्छ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनी हजारौँ पर्यटक ओहोरदोहोर गर्छन् । उक्त क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे वन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटक आउँछन् ।
टिएमजेको सबैभन्दा ठूलो र महत्वपूर्ण पोखरी गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीयस्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी १६ घरधुरी बस्दै आएका छन् । तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो । अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएको चैनपुर नगरपालिका–१ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताउनुभयो । पाँच वर्षयता हिउँ कम पर्न थालेको उहाँले बताउनुभयो । “पोखरीभित्रको बालुवा निकाल्ने र चारैतिर घुम्ने तथा हेर्ने ठाउँ बनाउने योजना छ,” उहाँले भन्नुभयो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले आसपासका २० घरधुरीले त्यही पोखरीको पानी प्रयोग गर्थे । मानिसको चाप बढ्दै जाँदा जंगलसमेत फँडानी भएकाले वृक्षरोपण गर्ने योजना रहेको छ । पोखरी बाहिरपट्टि लालीगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ । फूलका बिरुवा ठूला भएपछि पोखरी आसपास गुराँससहित आकर्षक फूल फुलाएर ढकमक्क बनाउने योजना रहेको स्थानीयवासी सुनाउँछन् । पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहासिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नाम पनि गुफापोखरी राखिएको स्थानीयवासी बताउँछन् । सो गुफाको संरक्षण गरी प्रचारप्रसार गर्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । सोही गुफासँगै पोखरी र बजारको अस्तित्व जोडिएकाले गुफालाई प्राथमिकतामा राखेर संरक्षण गरी पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीयवासी धर्के शेर्पा बताउनुहुन्छ ।
“यहाँको गुफा र पोखरीले टिएमजे क्षेत्रकै ऐतिहासिक विशेषता बोकेको छ, यिनै पोखरी र गुफा पर्यटक भुलाउने वस्तु हुन्”, शेर्पा भन्नुहुन्छ, “यिनैलाई संरक्षण नगरे हामी कसरी संरक्षित हुने रु” टिएमजे क्षेत्रका तीनजुरे डाँडा, पाथीभरा र यहाँका उच्च क्षेत्रका बस्ती अवलोकन गर्दै पर्यटक जावतजावत गर्छन् । प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडाका कारण टिएमजे पर्यटकीयस्थल बनेको हो । कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा जलयात्रा गर्ने पर्यटकसमेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले यहाँको पदमार्ग भएर तमोरमा जलयात्रा गर्न आउनेको संख्या बढेको छ ।
तेह्रथुमको वसन्तपुरहुँदै गुफापोखरीसम्म सडक पुगिसकेको छ । सो सडकलाई मदन भण्डारी राजमार्गको नामकरण गरी निर्माण गर्ने सरकारी योजना रहेको छ । अहिले निर्माणाधीन सो सडक भएर ताप्लेजुङको दोभानदेखि गुफापोखरी, वसन्तपुरहुँदै धरानसम्म सिधा यातायात सञ्चालन हुन थालेको छ । “सडकको ट्र्याक बनेकै छ, अब भरपर्दो सडक बनुञ्जेल यहाँ पर्यटकलाई एक दिन अल्मलिने पूर्वाधार खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, हामी प्रयत्नरत छौँ”, स्थानीयवासी हरि खनालले भन्नुभयो । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












