सामूहिक बलात्कारपछि हत्या प्रयासका अभियुक्तहरु श्रीमानकै साथी
ललितपुर, २९ मंसिर । ललितपुरमा चार साताअघि सामूहिक बलात्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको हो ।
पक्राउ परेक तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले बलत्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले बताए।
साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन् । कराउन थालेपछि मुख थुनेर बलात्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा ढुंगाले टाउकोमा हानेको उनले बताएकी छिन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलात्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले सनाखत गरेकी थिइन् । पक्राउ परेकाहरुले मदिरा र लागूऔषध सेवन गरेका थिए ।
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरेका थिए । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी चोट थिए ।
एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन् । एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै छिन् । महानगरीय अपराध महाशाखाले करिब चार साता लगाएर घटनाको वास्तविकता पत्ता लगाएको हो ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












