सामूहिक बलात्कारपछि हत्या प्रयासका अभियुक्तहरु श्रीमानकै साथी
ललितपुर, २९ मंसिर । ललितपुरमा चार साताअघि सामूहिक बलात्कारपछि हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको छ । पक्राउ परेका रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेको हो ।
पक्राउ परेक तीनै जनालाई शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुरले जर्बजस्तीकरणी र ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ । शुक्रबार उनीहरुलाई अदालतमा पेश गरी मुद्दा प्रक्रिया अघि बढाइएको ललितपुर परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए ।
अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले बलत्कार नै भएको भन्दै जाहेरी दिएको डिएसपी चन्दले बताए।
साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन् । कराउन थालेपछि मुख थुनेर बलात्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा ढुंगाले टाउकोमा हानेको उनले बताएकी छिन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलात्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले सनाखत गरेकी थिइन् । पक्राउ परेकाहरुले मदिरा र लागूऔषध सेवन गरेका थिए ।
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरेका थिए । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी चोट थिए ।
एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन् । एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै छिन् । महानगरीय अपराध महाशाखाले करिब चार साता लगाएर घटनाको वास्तविकता पत्ता लगाएको हो ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












