ज्येष्ठ नागरिकलाई न्यानो कम्बल
डोल्पा, २ पुस । स्थानीय तहको निर्वाचन सम्पन्न भएको झण्डै सात महिनापछि बल्ल त्रिपुरासुन्दरी नगरपालिकाको १ नं वडा कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ । वडा कार्यालय निश्चित ठाउँमा नहुँदा वडा नं १ का नागरिकहरु वडा सचिव र अध्यक्षलाई भेट्न सार्वजनिक बाटो र होटल चाहार्दै हिँड्नु परेको अवस्थामा कार्यालय सञ्चालनमा ल्याइएपछि सरकारी सेवा लिनलाई सर्वसाधारणलाई सहज हुने आशा गरिएको छ ।
एघार वटा वडा रहेको त्रिपुरासुन्दरी नगरपालिकाका अन्य १० वटा वडामा औपचारिक रुपमा वडा कार्यालय सञ्चालनमा आउन सकेका छैनन् । सबै वडाका अध्यक्ष तथा सचिवले अनौपचारिक रुपमा सम्पूर्ण सरकारी सेवा सुविधा सम्बन्धित वडाबाटै दिइरहेको र आउने फागुन महिनाभित्रै १० वटै वडामा औपचारिक रुपमै कार्यालय स्थापना गरेर सेवालाई प्रभावकारी बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराचन्द्र धरालाले बताउनुभयो ।
वडा कार्यालयको उद्घाटन गर्दै प्रमुख ओमबहादुर बुढाले निर्वाचित प्रतिनिधिहरुलाई कोही कसैलाई आग्रह पूर्वाग्रह नराखी सर्वसाधारणलाई सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । वडा कार्यालय उद्घाटनको अवसर पारेर वडा नं १ भित्रका ७० वर्ष पुगेका २५ महिला र १७ पुरुष गरी ४२ वृद्धवृद्धालाई सम्मानस्वरुप न्यानो कम्बल वितरण गरिएको थियो ।
७५ वर्षीय वृद्ध विष्णुरुद्र उपाध्यायले आफूहरुलाई सम्मानस्वरुप पटक पटक न्यानो कपडा कम्बल र भत्तासमेत दिन थालेपछि जीवन निर्वाहमा सहज भएको बताउनुभयो । एकल महिला चाउरी सर्केनीले आफ्ना पति परलोक भएको नौ वर्ष भएको र आफ्ना छोराबुहारीले अनेक गालीगलोज गरिरहेका बेला सरकारले उपलब्ध गराउँदै आएको वृद्धभत्ता र कम्बलले आफूलाई एक्लो महसुस नभएको बताउनुभयो ।
सो अवसरमा साविकको गाविस हुँदाको अवस्था र हालको नगरपालिकाको संरचना हुँदा पनि लामो समयसम्म जनता र कार्यालयको काममा उत्कृष्ट सेवा गरेबापत वडाका सहायक लेखापाल हरिचन्द्र हमाल र कार्यालय सहयोगी देवसिंह थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । रासस
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











