खानेपानीको विषय नारामा मात्रै सिमित, सडकको अवस्था पनि उस्तै
बनेपा, ६ पुस । “काभ्रेपलाञ्चोक प्रादेशिक राजधानी बन्छ कि बन्दैन, भूकम्पपीडितलाई पुनःनिर्माण गर्ने समय कम भएकाले म्याद थप गर्नुपर्यो, खानेपानीको विषय सधैँ नारामा मात्रै सीमित भयो, सडकको अवस्था उस्तै छ, विजयी भएपछि पनि उम्मेद्वार सधैँ गाउँ आउने वातावरण हुनुपर्छ ।”
जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिन गाउँ गाउँ पुग्दा मतदाताले गरेका यी आग्रह हुन् । आफूले मतदातासँग गरेको वाचा पूरा गर्न र विकास, निर्माणका कामलाई प्रभावकारी बनाउन सांसदहरुलाई अनुरोध गर्दै अब पनि विकास, निर्माणका कामले प्राथमिकता नपाए जिल्लाका लागि दुर्भाग्य हुने मतदाताले सुझाए ।
धुलिखेल नगरपालिका–५ का दयाराम महतले पुरानो सिन्धुली जाने बाटो (आरटिओ) सडकलाई बिपी राजमार्गसँग जोडेर सञ्चालन गर्न आग्रह गरेको जानकारी दिँदै अब सांसदले गर्ने कामबारे मतदातालाई जानकारी दिनुपर्छ भन्नुभयो । उहाँले पुनःनिर्माणका सामग्री पहिलेभन्दा महँगो भएकाले भूकम्पपीडितका लागि आउने राहत रकम अहिलेको अवस्थामा कम हुने बताउनुभयो ।
काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ का सांसद गंगाबहादुर तामाङ (दोङ) ले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिदिन आग्रह गरेको जानकारी दिँदै सडकको स्तरोन्नति, खानेपानीको अभाव र सिँचाइको व्यवस्थापन गरिदिन मतदाताले अनुरोध गरेको बताउनुभयो ।
एकसाता यतादेखि सो क्षेत्रअन्तर्गतको प्रदेशसभाका सांसद रत्न ढकाल, चन्द्र लामासहित संयुक्त वाम गठबन्धनको टोलीले रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, पनौती नगरपालिकाका मतदातालाई धन्यवाद दिन पुगिसकेको र जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि र महाभारत शृङ्खलाको डाँडापारि क्षेत्रका मतदातासँग घेटघाट गर्न बाँकी रहेको जानकारी दियो ।
प्रतिनिधिसभा क्षेत्र नं २ मा निर्वाचित सांसद गोकुल बास्कोटासहित सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इं, लक्ष्मण लम्सालको टोली पनि नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग भेटघाँटमा व्यस्त छ ।
प्रदेशसभाका सांसद वसुन्धरा हुमागार्इंले मतदातासँग गरेको प्रतिबद्धता पूरा गर्न आफूहरु तत्पर भएको उल्लेख गर्दै सडक, खानेपानी, शिक्षा र स्वाथ्यका विषयलाई मतदाताले प्राथमिकताका साथ उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मतदाताले प्रदेश राजधानी बनाउने विषयलाई पनि चासोका साथ हेरेका छन् ।”
दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्यको निर्वाचन भएको सोे जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लाका कूल दुई लाख ७२ हजार २९२ मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सबै नयाँ अनुहारका प्रतिनिधि निर्वाचित गराएका छन् । रासस
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












