महिलालाई नांगै बनाएर १ लाख रुपैयाँ मागियो, नांगो अवस्थामा महिलाको चियाबारीबाट उद्दार
झापा, १५ पुस । महिलालाई नांगै बनाएर पैसा माग्ने दुई व्यक्ति पक्राउ परेका छन् । झापाको चियाबारीमा महिलालाई नांगै बनाएर रकम माग गर्ने दुई जना पक्राउ परेका हुन् । मितमाआको घर हिँडेकी महिलालाई नग्न बनाई रकम माग गर्ने समूहका सालबाडीका विजयबहादुर राना र नविन डाँगी पक्राउ परेका हुन् । एकजना फरार छन् । पीडित महिलालाई प्रहरीले नग्न अवस्थामा उद्धार गरेको छ ।
ती महिला मितभाइसँग मोटरसाइकलमा बिर्तामोड आएकी थिइन् । यही क्रममा झापाको अर्जुनधारा नगरपालिका ११ स्थित गिरीबन्धु चियाबगानमा पुगेपछि उनीहरुलाई तीनजनाको समूहले खुकुरी देखाएर रोक्यो । उनीहरुको समूहले दिदीभाइलाई जबरजस्ती चुम्बन गर्न लगाए र त्यसको फोटो खिचे । यो समूहले कपडा खोलेर नाङ्गो बनाएको र पटक-पटक करणीको प्रयास गरेको पीडितले बताएकी छन् ।
उनीहरुले युवतीलाई नग्न पारेको भिडियोसमेत बनाएका थिए । उनीहरुले एक लाख मागेको र नदिए भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने धम्की दिएको पीडितको भनाइ छ । तर, पीडित दिदीभाइले १० हजार मात्रै छ, त्यो पनि बैंकबाट निकाल्नुपर्छ भनेपछि विजय र नविनको समूहले मोटरसाइकलको साँचो खोसेर महिलालाई चियाबारीभित्र लगेर राखे ।
पीडिकमध्येका एकजना पीडितका भाइलाई लिएर पैसा निकाल्न बैंकतिर लागे । त्यही क्रममा पीडितका भाइ भागेर प्रहरी कहाँ पुगे । प्रहरी टोलीले घटनास्थल पुगेर चियाबारीभित्रबाट नाङ्गो अवस्थामा महिलाको उद्दार गरेको छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











