नयाँ वर्षमा फेसबुकमा उल्लेख्य परिर्वतन गर्ने जुकरबर्गको संकल्प
एजेन्सी, २१ पुस । नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् ।
फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । फेसबुकको सुरुवात सन् २००४ मा भएको थियो र २००९ देखि नै जुकरबर्गले हरेक वर्ष एउटा-एउटा संकल्प लिने गरेका छन् ।
पछिल्लो समय फेसबुकले फेक न्यूज बढावा दिएको भन्दै आलोचना भएको छ । खास गरी २०१६ मा अमेरिकाका राष्ट्रपति चुनावका क्रममा फेसबुकको उपयोगलाई लिएर पनि प्रश्नहरु उठे । जुकरबर्गको भनाइ छ कि उनी उनले यो महत्वपूर्ण विषयलाई पनि आफ्नो प्राथमिकता सूचीमा समावेश गरेका छन् । जस्तै ‘हाम्रो समुदायलाई घृणा र दुर्व्यवहारबाट बचाउनु, राष्ट्रहरुको दख्खलबाट फेसबुकलाई बचाउनु र यो सुनिश्चित गर्नु कि फेसबुकमा बिताइएको सयम तपाईंको बहुमूल्य समय होस् ।’
उनले लेखेका छन्, ‘हामी सबै गल्तीहरु त रोक्न सक्दैनौं, तर अहिले हाम्रो नीति र उपकरणहरुको दुरुपयोग गरेर कैयन् गल्तीहरु गरिँदै छ । यदि यो वर्ष हामी सफल भयौं भने २०१८ को सफल अन्त्य हुनेछ ।’
फेसबुकका सीईओका अनुसार उनी केही फरक गर्नुको साटो यी मुद्दाहरुमाथि गहिरोसँग काम गरेर सिक्न चाहन्छन् । तर, आलोचकहरुले प्रश्न गरेका छन् कि उनले यी विषयहरुलाई वर्षेनी चुनौतिहरुको सूचीमा किन राख्नुपर्छ ?’
उनले एनक्रिप्सन र डिजिटल मुद्राको ट्रेन्डले यसलाई काउन्टर गर्न सक्ने बताए । जुकरबर्गले भने, ‘यो आत्म सुधारका लागि एउटा महत्वपूर्ण वर्ष हुनेछ र साथै म पनि यस्ता कुराहरुलाई ठीक गर्न काम गरिरहेको छु ।’
Comments
अरु समाचार
-
आज विश्व रेडियो दिवस, विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं । आज विश्व रेडियो दिवस । रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ...
-
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ नेपालदेखि विश्वभरि फैलाइँदै
काठमाडौं । नेपालको आफ्नै उत्पादन सामाजिक सञ्जाल 'ग्लोबल डायरी' लाई पाँच वर्षभित्र नेपालव्यापी बिस्तार गर्ने उद्देश्य पूरा गर्न आफूहरु प्रयासरत...
-
११ मुलुकका राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर !
काठमाडौं । विभिन्न ११ मुलुकका राजदूतहरुलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। कार्तिक २ गते आइतबार...
-
सञ्चार मन्त्री खरेललाई १ लाख नगद सहित सम्मान वितरण !
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई नगद रु. १ लाख राशीको पुरस्कार सहित सम्मान गरिएको छ ।...
-
नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक
काठमाडौं । नेपालकै पहिलो AI प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ (www.globaldairy.com) सार्वजनिक गरिएको छ। नेपालका आइटी विज्ञ युवाहरुकाे...
-
हाम्रो पात्रोले पायाे नेपालमा सामाजिक सञ्जाल सञ्चालन अनुमति !
काठमाडौं । सरकारले हाम्रो पात्रोलाई सूचीकृत गर्दै सामाजिक सञ्जाल सञ्चालन गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले...
-
लिलाम बिक्रीसम्बन्धी जानकारी दिन एनआईसीको छुट्टै पोर्टल
काठमाडौं । एनआईसी एसिया बैंकले धितो लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकको नाममा...
-
प्रकाशित समाचार तत्काल हटाउन अदालतको आदेशपछि चर्किदै विरोध
काठमाडाैं । जिल्ला अदालत काठमाडाैंले बिजमाण्डु डटकम र नेपालखबर डटकममा प्रकाशित समाचार तत्काल हटाउन आदेश दिएपछि यसको चाैतर्फी विरोध शुरु...
-
बलिउड अभिनेत्री नोरा फतेही नेपाल आउँदै
काठमाडौं । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध...












