के तपाई धेरै मोटो हुनुहुन्छ ? यदि हो भने तपाईमा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ
काठमाडौं, २१ पुस । बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।
अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ । तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३र३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।
खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३र३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।
द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो । उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।
स्विडेनमा स्तन क्यान्सर परीक्षणका लागि यो समयको अन्तराल उपयुक्त मानिन्छ । अनुसन्धानकर्ताहरूले उपचारका बेला स्तनमा भएको गाँठोको आकार र महिलाको बडी मास इन्डेक्स (शारीरिक वजन) को अध्ययन गरेका थिए ।
अध्ययनकर्ताहरूले बिएमआई (शारीरिक वजन) धेरै भएका महिलाहरूमा मेमोग्राम परीक्षणका बेला गाँठो पत्ता लागेको पाए । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर फ्रेड्रिक स्ट्र्यान्डका अनुसार यस्तो मोटा महिलाको स्तन धेरै ठूला भएकाले गाँठो उत्पन्न भएको पत्ता लगाउन कठिन भएको हुनसक्ने वा उनीहरूको स्तनमा गाँठा तीव्र गतिमा बढेको हुनसक्ने बताए ।
बढेका गाँठाको पूर्वानुमान गर्न सजिलो हुँदैन । ‘अध्ययनको निष्कर्षले डाक्टरले बिरामीलाई स्तन क्यान्सरबारे जानकारी गराउँदा बडी मास इन्डेक्समा पनि ध्यान दिनु आवश्यक छ,’ डा. स्ट्र्यान्डले भने । उनका अनुसार अध्ययनले बडी मास इन्डेक्स धेरै भएका महिलाहरूले छिटो छिटो स्तन क्यान्सरको परीक्षण गराइरहनुपर्ने देखाएको छ । तर बेलायतको क्यान्सर रिसर्चर सोफिया लज भन्छिन्, ‘यो अध्ययनले स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गराउनु पर्ने ठिक ठिक समयबारे भने कुनै तथ्य दिएको छैन ।’
उनी स्तन क्यान्सर पत्ता लगाउन गरिने परीक्षण मेमोग्रामका फाइदा र बेफाइदा दुवै रहेको बताउँछिन् । उनी कम उमेरका महिलामा स्तन क्यान्सर पत्ता लगाउन मेमोग्राम उपयोगी भएको बताउँछिन् । तर परीक्षण गराउने र परीक्षणबाट स्तन क्यान्सर भएका कतिपय महिला यस्ता पनि फेला परेको जसको परिवारमा कसैलाई स्तन क्यान्सर भएको थिएन, भन्छिन् उनी । स्वास्थ्य खबर पत्रिका
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











