के तपाई धेरै मोटो हुनुहुन्छ ? यदि हो भने तपाईमा स्तन क्यान्सर भएको ढिलो थाहा पाइन्छ
काठमाडौं, २१ पुस । बिएमआई (बडी मास इन्डेक्स) वा शारीरिक वजन धेरै भएका महिलालाई स्तन क्यान्सर भएको छिटै थाहा नपाइने हालै स्विडेनमा गरिएको अध्ययनले देखाएको छ । शारीरिक वजन धेरै भएका वा धेरै मोटा महिलाको स्तनमा उत्पन्न क्यान्सरका गाँठाबारे बेलैमा थाहा नहुने र गाँठा बढेर निकै ठूला भएपछि मात्र थाहा पाउने अध्ययनबाट पत्ता लागेको छ।
अध्ययनकर्ताहरूका अनुसार शारीरिक वजन धेरै भएका महिलाले छोटो छोटो समयमा मेमोग्राम (स्तन क्यान्सरको परीक्षण) गराइरहनु पर्छ । यसो गर्दा मात्र स्तन क्यान्सर भए बेलैमा पत्ता लाग्छ र समयमै उपचार गरी निको पार्न सकिन्छ । तर अध्ययनकर्ताहरूले यो अध्ययनको पुष्टि गर्न थप अनुसन्धान गर्नुपर्ने पनि बताएका छन् । बेलायतमा सामान्यतया ५० देखि ७० वर्ष उमेर समूहका महिलाको ३र३ महिनामा स्तन क्यान्सरको परीक्षण गरिन्छ ।
खासगरि परिवारमा स्तन क्यान्सरको इतिहास भएका महिलाहरूको ३र३ महिनामा नियमित परीक्षण गरिन्छ । शारीरिक वजन धेरै भएका महिलाहरूमा स्तन क्यान्सरको जोखिम बढी हुन्छ, तर अहिले यसकै आधारमा परीक्षण यति नै समयमा गर्नुपर्छ भनेर समय निर्धारण गर्न भने चिकित्सकले गर्न सकेका छैनन् ।
द करोलिंक्सा इन्स्टिच्युटले गरेको यो अध्ययनमा २ हजार १२ जना त्यस्ता महिला समावेश थिए, जसलाई सन् २००१ देखि २००८ बीच स्तन क्यान्सर भएको थियो । उनीहरूले प्रत्येक डेढ वर्षदेखि दुई वर्षबीच मेमोग्राम गरि स्तन क्यान्सर भए नभएको परीक्षण गराउने गरेका थिए ।
स्विडेनमा स्तन क्यान्सर परीक्षणका लागि यो समयको अन्तराल उपयुक्त मानिन्छ । अनुसन्धानकर्ताहरूले उपचारका बेला स्तनमा भएको गाँठोको आकार र महिलाको बडी मास इन्डेक्स (शारीरिक वजन) को अध्ययन गरेका थिए ।
अध्ययनकर्ताहरूले बिएमआई (शारीरिक वजन) धेरै भएका महिलाहरूमा मेमोग्राम परीक्षणका बेला गाँठो पत्ता लागेको पाए । अध्ययनको नेतृत्व गरिरहेका डाक्टर फ्रेड्रिक स्ट्र्यान्डका अनुसार यस्तो मोटा महिलाको स्तन धेरै ठूला भएकाले गाँठो उत्पन्न भएको पत्ता लगाउन कठिन भएको हुनसक्ने वा उनीहरूको स्तनमा गाँठा तीव्र गतिमा बढेको हुनसक्ने बताए ।
बढेका गाँठाको पूर्वानुमान गर्न सजिलो हुँदैन । ‘अध्ययनको निष्कर्षले डाक्टरले बिरामीलाई स्तन क्यान्सरबारे जानकारी गराउँदा बडी मास इन्डेक्समा पनि ध्यान दिनु आवश्यक छ,’ डा. स्ट्र्यान्डले भने । उनका अनुसार अध्ययनले बडी मास इन्डेक्स धेरै भएका महिलाहरूले छिटो छिटो स्तन क्यान्सरको परीक्षण गराइरहनुपर्ने देखाएको छ । तर बेलायतको क्यान्सर रिसर्चर सोफिया लज भन्छिन्, ‘यो अध्ययनले स्तन क्यान्सर थाहा पाउन मेमोग्राम गराउनु पर्ने ठिक ठिक समयबारे भने कुनै तथ्य दिएको छैन ।’
उनी स्तन क्यान्सर पत्ता लगाउन गरिने परीक्षण मेमोग्रामका फाइदा र बेफाइदा दुवै रहेको बताउँछिन् । उनी कम उमेरका महिलामा स्तन क्यान्सर पत्ता लगाउन मेमोग्राम उपयोगी भएको बताउँछिन् । तर परीक्षण गराउने र परीक्षणबाट स्तन क्यान्सर भएका कतिपय महिला यस्ता पनि फेला परेको जसको परिवारमा कसैलाई स्तन क्यान्सर भएको थिएन, भन्छिन् उनी । स्वास्थ्य खबर पत्रिका
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












