प्रताप स्मृति पत्रकारिता पुरस्कार नेपाली जनताका सम्पादक ढकाललाई प्रदान
काठमाडौं, २३ पुस । प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट नेपाली जनता अनलाईनका सम्पादक यज्ञ ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार मञ्चले यस वर्षको प्रताप स्मृति पत्रकारिता पुरस्कार ढकाललाई पुरस्कृत गरेको हो । मञ्चले आयोजना गरेको विषेश कार्यक्रममा रक्षा मन्त्री भीमसेनदास प्रधानले उक्त पुरस्कार ढकाललाई प्रधान गरेका हुन ।
पत्रकार योगेन्द्र प्रताप शाहीद्धारा आफ्ना पिताको नाममा स्थापना गरिएको उक्त पुरस्कारको राशी रु १५ हजार रहेको छ । सो अवसरमा पत्रकार ढकालले आफ्नी माताको नाममा सीता ढकाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गर्दै सो समारोहमा घोषणा समेत गरेका छन । उक्त पुरस्कारको राशी रु २० हजार हुने पत्रकार ढकालले जानकारी दिए ।
पुरस्कृत ढकालले सम्मान र पुरस्कार ग्रहण गर्दै पुरस्कारको राशी नेपाल पत्रकार मञ्चको विकास, पत्रकारहरुलाई तालिम र अन्य अतिरीक्त क्रियाकलापलाई सहयोग पुर्याउन नगद रु १५ हजार कार्यक्रमका प्रमुख अतिथी रक्षा मन्त्री भीमसेनदास मार्फत मञ्चका अध्यक्षलाई समर्पण गरेका छन ।
त्यसैगरि मञ्चले दुई दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरु प्रल्हाद रिजाल, मदनकुमार श्रेष्ठ, योगेन्द्रप्रताप शाही र रामकुमार अधिकारीलाई अग्रज पत्रकार सम्मानबाट सम्मानित गरेको छ । साथै सुनकोशि नगरपालिका उपप्रमुख तथा नेपाल पत्रकार मञ्चकी कार्यसमिति सदस्यलाई सम्मान गरेको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












