डाक्टर साब ! सेक्स गर्दा श्रीमानलाई मजा आउँदैन् रे योनी टाइट पार्ने कुनै उपाय छ ?
काठमाडौं, २७ पुस । म २८ वर्षीया महिला हुँ । मेरो दुई वर्षको छोरा छन् । बच्चा पाउनुअघि श्रीमानले यौन सम्पर्क गर्दा कुनै गुनासो गर्नु हुँदैनथ्यो । अहिले ‘तिमीसँग सम्पर्क गर्दा मजा नै आउँदैन’ भन्नुहुन्छ । उहाँ तनावग्रस्त हुनुहुन्छ । मैले श्रीमान्लाई कसरी सम्झाउने होला ? योनी टाइट पार्ने कुनै उपाय छ कि ?
यौन मामिलामा नेपाली समाजमा अहिले पनि थुप्रै भ्रम रहेका छन् । यसले धेरैको यौन जीवन सुखमय हुन सकिरहेको छैन । तपाईंले भोग्नु भएको समस्या पनि भ्रमकै कारण सिर्जना भएको हो । वंश चलाउन बच्चाको चाहना पनि गर्ने, अनि श्रीमतीले बच्चा पाएपछि गुनासो गर्ने थुप्रै पुरुष नेपाली समाजमा छन् । वास्तवमा बच्चा पाउनुअघि र बच्चा पाइसकेपछिको यौन आनन्दमा खासै फरक पर्दैन ।
बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मजा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ ।
डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । त्यसैले योनी खुकुलो भएको हुँदैन ।
तपाईंले आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न यौन सम्पर्क गर्ने बेलामा पर्याप्त ‘फोरप्ले’ गर्नुहोस् । यौन जीवनबारे कुराकानी गर्नुहोस् । पत्रपत्रिकामा छापिने यौन जिज्ञासामा चिकित्सकले दिने सल्लाह पढ्ने सुझाव दिनुहोस् । यसले तपाईंको श्रीमान्को भ्रम हट्न गई सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ ।
दुईचार हप्तामै योनी टाइट पारिदिने, लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन् । यो भ्रमको खेतीबाहेक केही पनि होइन । ‘ह्यान्डसम अप’, ‘२४ होर्मोटेस’ जस्ता उत्पादनका विज्ञापन भइरहेका छन् । तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने, योनी टाइट पार्ने कुनै पनि प्रोडक्ट हुँदैनन् ।
यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन् । यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












