डाक्टर साब ! सेक्स गर्दा श्रीमानलाई मजा आउँदैन् रे योनी टाइट पार्ने कुनै उपाय छ ?
काठमाडौं, २७ पुस । म २८ वर्षीया महिला हुँ । मेरो दुई वर्षको छोरा छन् । बच्चा पाउनुअघि श्रीमानले यौन सम्पर्क गर्दा कुनै गुनासो गर्नु हुँदैनथ्यो । अहिले ‘तिमीसँग सम्पर्क गर्दा मजा नै आउँदैन’ भन्नुहुन्छ । उहाँ तनावग्रस्त हुनुहुन्छ । मैले श्रीमान्लाई कसरी सम्झाउने होला ? योनी टाइट पार्ने कुनै उपाय छ कि ?
यौन मामिलामा नेपाली समाजमा अहिले पनि थुप्रै भ्रम रहेका छन् । यसले धेरैको यौन जीवन सुखमय हुन सकिरहेको छैन । तपाईंले भोग्नु भएको समस्या पनि भ्रमकै कारण सिर्जना भएको हो । वंश चलाउन बच्चाको चाहना पनि गर्ने, अनि श्रीमतीले बच्चा पाएपछि गुनासो गर्ने थुप्रै पुरुष नेपाली समाजमा छन् । वास्तवमा बच्चा पाउनुअघि र बच्चा पाइसकेपछिको यौन आनन्दमा खासै फरक पर्दैन ।
बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मजा आउँदैन भन्ने भ्रम रहेका पनि थुप्रै हुन्छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ ।
डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एडजस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । त्यसैले योनी खुकुलो भएको हुँदैन ।
तपाईंले आफ्नो श्रीमान्लाई सन्तुष्ट पार्न यौन सम्पर्क गर्ने बेलामा पर्याप्त ‘फोरप्ले’ गर्नुहोस् । यौन जीवनबारे कुराकानी गर्नुहोस् । पत्रपत्रिकामा छापिने यौन जिज्ञासामा चिकित्सकले दिने सल्लाह पढ्ने सुझाव दिनुहोस् । यसले तपाईंको श्रीमान्को भ्रम हट्न गई सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्छ ।
दुईचार हप्तामै योनी टाइट पारिदिने, लिंग मोटो र लामो बढाउने, रातारात स्तन ठूलो बनाउने, शीघ्र पतनलाई दुई दिनमै छुमन्तर पारिदिने खालका भ्रमात्मक विज्ञापन पत्रिकादेखि इन्टरनेटसम्म टन्न आउने गर्छन् । यो भ्रमको खेतीबाहेक केही पनि होइन । ‘ह्यान्डसम अप’, ‘२४ होर्मोटेस’ जस्ता उत्पादनका विज्ञापन भइरहेका छन् । तर, यौन विशेषज्ञका अनुसार यौनशक्ति बढाउने, लिंगको आकारमा वृद्धि गर्ने, स्तन ठूलो बनाउने, योनी टाइट पार्ने कुनै पनि प्रोडक्ट हुँदैनन् ।
यस्ता विज्ञापन पनि भ्रमित र कुण्ठित मान्छेको शोषणका लागि भइरहेका छन् । यौन विशेषज्ञ र मनोविज्ञसँग थोरै परामर्श गरेपछि सेक्ससम्बन्धी भ्रम र अन्धविश्वासबाट मुक्त हुनेबित्तिकै हाम्रो यौन जीवन रसिलो र सुखमय हुनथाल्छ ।
Comments
अरु समाचार
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
विभागले म्यानपावर कम्पनीलाई भन्यो- विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नु
काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई आफूहरूले वैदेशिक रोजगारीमा पठाएका नेपाली श्रमिकहरूको अवस्था नियमित रूपमा अनुगमन गर्न निर्देशन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...











