महिला सशक्तिकरणका लागि “सहि हो” अभियान
काठमाडौं, १ माघ । ईक्वेल एक्सेस नेपाल र युएन वुमनको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गर्दैछ । माघ ३ गते राजधानीबाट महिला सशक्तिकरणका लागि ‘सहि हो’ अभियान सुरु हुन लागेको हो । उद्घाटन कार्यक्रममा ‘सहि हो’ अभियानका सद्भावनादूत हास्यकलाकार जितु नेपाल लगायतका कलाकारहरूले अभियानका बारेमा सन्देश सहितको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा “महिला सशक्तिकरण – सारभूत समानताका निम्ति आवश्यक कदम र नीतिमा अस्पष्टता” विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलको आयोजना गरिएको आयोजक संस्था ईक्वेल एक्सेस नेपालले जनाएको छ ।
अभियान अन्तर्गत राष्ट्रिय तथा क्षेत्रीयस्तरमा महिलाको सशक्तिकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र घरायसी स्तरमा आउने बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिका कार्यक्रम गर्ने आयोजक संस्थाले जनाएको छ ।
सुनसरी, सिन्धुली, सर्लाही, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ्ग, नवलपरासी, बाँके र कैलाली गरी ११ वटा जिल्लामा सहि हो अभियान एक बर्ष सम्म संचालन गरिने छ आयोजक संस्थाकी संचार अधिकृत नवोदिता सुवेदिले जानकारी दिनुभयो । ‘महिलाहरूले पनि पुरुष सरह आर्थिक रुपले समृद्ध नेपाल निर्माणमा योगदान पु्याउन सक्छन् भन्ने विषयमा हामी विश्वस्त छौं ।’
अभियान अन्र्तगत घरपरिवार, समुदाय र स्थानीय स्तरमा महिलाको नेतृत्वदायी भूमिकामा बाधा पुर्याउने लैङ्गिक भेदभाव र संरचनागत व्यवधानका विरुद्ध जनचेतना फैलाउने, सरोकावा निकायसंग नीतिगत छलफल तथा विमर्श गर्दै लैङ्गिक संवदेनशील नीति तथा योजनाका निम्ति ध्यानाकर्षण गराउने, ग्रामिण क्षेत्रका महिलालाई स्थानीयस्तरको निर्णय निर्माण प्रक्रियाहरूमा प्रतिनिधित्व बृद्धि गर्नका लागि समुदायको चेतनास्तर अभिवृद्धि गर्ने तथा आवश्यक नीतिको लागी पैरवी गर्ने लगायतका कार्यक्रम संचालन गरिने इक्वेल एक्सेस नेपालकी राष्ट्रिय प्रतिनिधि विनिता श्रेष्ठले जानकारी दिनुभयो ।
अभियानको शुभारम्भ राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्याल, लैंगिक तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवाल गिरी, डा. पुकार मल्ल तथा संचारकर्मी दिलभुषण पाठकले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












