महिला सशक्तिकरणका लागि “सहि हो” अभियान
काठमाडौं, १ माघ । ईक्वेल एक्सेस नेपाल र युएन वुमनको संयुक्त आयोजनामा महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गर्दैछ । माघ ३ गते राजधानीबाट महिला सशक्तिकरणका लागि ‘सहि हो’ अभियान सुरु हुन लागेको हो । उद्घाटन कार्यक्रममा ‘सहि हो’ अभियानका सद्भावनादूत हास्यकलाकार जितु नेपाल लगायतका कलाकारहरूले अभियानका बारेमा सन्देश सहितको प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा “महिला सशक्तिकरण – सारभूत समानताका निम्ति आवश्यक कदम र नीतिमा अस्पष्टता” विषयमा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफलको आयोजना गरिएको आयोजक संस्था ईक्वेल एक्सेस नेपालले जनाएको छ ।
अभियान अन्तर्गत राष्ट्रिय तथा क्षेत्रीयस्तरमा महिलाको सशक्तिकरण र लैंगिक समानताका विषयमा पैरवी, सचेतना अभिवृद्धि र घरायसी स्तरमा आउने बाधाहरूको समाधानका निम्ति चेतना अभिवृद्धिका कार्यक्रम गर्ने आयोजक संस्थाले जनाएको छ ।
सुनसरी, सिन्धुली, सर्लाही, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ्ग, नवलपरासी, बाँके र कैलाली गरी ११ वटा जिल्लामा सहि हो अभियान एक बर्ष सम्म संचालन गरिने छ आयोजक संस्थाकी संचार अधिकृत नवोदिता सुवेदिले जानकारी दिनुभयो । ‘महिलाहरूले पनि पुरुष सरह आर्थिक रुपले समृद्ध नेपाल निर्माणमा योगदान पु्याउन सक्छन् भन्ने विषयमा हामी विश्वस्त छौं ।’
अभियान अन्र्तगत घरपरिवार, समुदाय र स्थानीय स्तरमा महिलाको नेतृत्वदायी भूमिकामा बाधा पुर्याउने लैङ्गिक भेदभाव र संरचनागत व्यवधानका विरुद्ध जनचेतना फैलाउने, सरोकावा निकायसंग नीतिगत छलफल तथा विमर्श गर्दै लैङ्गिक संवदेनशील नीति तथा योजनाका निम्ति ध्यानाकर्षण गराउने, ग्रामिण क्षेत्रका महिलालाई स्थानीयस्तरको निर्णय निर्माण प्रक्रियाहरूमा प्रतिनिधित्व बृद्धि गर्नका लागि समुदायको चेतनास्तर अभिवृद्धि गर्ने तथा आवश्यक नीतिको लागी पैरवी गर्ने लगायतका कार्यक्रम संचालन गरिने इक्वेल एक्सेस नेपालकी राष्ट्रिय प्रतिनिधि विनिता श्रेष्ठले जानकारी दिनुभयो ।
अभियानको शुभारम्भ राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त मोहना अन्सारी, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्याल, लैंगिक तथा सामाजिक समावेशीकरण विज्ञ भारती सिलवाल गिरी, डा. पुकार मल्ल तथा संचारकर्मी दिलभुषण पाठकले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
घमेस दुलालले ल्याए पातली (भिडियोसहित)
घमेश दुलालले पातली बोलको गितको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलाललाई सारदा रसाइलीले स्वरमा साथ दिएकी छन भने...
-
ईश्वरले ओलीलाई धक्का दिदैः पूर्वराष्ट्रपति भण्डारीको सदस्यता के होला ?
काठमाडाैं । नेकपा एमालेको आगामी महाधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने पक्का भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षबाट बरिष्ठ उपाध्यक्ष...
-
असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफलः एमाले
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एमालेले असंवैधानिक सरकारविरुद्ध जिल्लाभर आयोजित सभा भव्यतापूर्वक सफल भएको जनाएको छ। सभालाई सम्बोधनको क्रममा एमालेका महासचिव...
-
नेपाल एयरलाइन्सको अर्को ट्विनअटर मर्मतपछि नियमित सेवामा
काठमाडाैं । नेपाल एयरलाइन्सले ग्राउण्डेड गरेर राखेको 'अल्फा ब्राभो ट्यांगो'को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । दुर्गम...
-
सरकारलाई ओलीको कडा च्यालेन्ज, राजदूत प्रकरणमा पोखे आक्रोश
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् । सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित...
-
राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थीहरू एउटै झण्डामुनि एकताबद्ध होऊँः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा,...












