नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित
काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित छन् । कार्यकर्ताहरूले शीर्ष नेताहरूका कारण कांग्रेसले पराजय भोग्नु परेको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवालाई अप्ठेरो बनाउने गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न गतिविधि गरिरहेका छन् । पौडेलले आफू निकटका सबै नेताहरूलाई प्रयोग गरेर देउवाको आलोचना गर्न लगाइ रहेका छन् । पौडेलले पछिल्लो पटक नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई प्रयोग गरेका छन् । शाहीले नौ जना महाधिवेशन प्रतिनिधिहरूलाई जम्मा गरेर संयुक्त विज्ञप्ति जारी गर्नसम्म भ्याएका छन् ।
त्यति मात्रै होइन पौडेलले सभापति देउवालाई पदबाट राजीनामा गराउनका लागि पनि आफू निकटका गुटका नेताहरूलाई उचालिरहेका छन् । पौडेलको गुटमा रहेका युवा नेता प्रदीप पौडेल पनि जानेर होस् वा नजानेर परिचालन भएका छन् । भविष्य भएका युवा नेता पौडेल कांग्रेसका सभापति देउवाविरुद्धको भइरहेका गतिविधिले धेरै संकट निम्ताउन सक्ने विश्लेषण हुन थालेको छ ।
कांग्रेस कमजोर भएको यस्तो अवस्थामा प्रकाशमान सिंहले पनि गुटको राजनीति सुरु गरेका छन् । सिंहले आफ्नो गुटमा चन्द्र भण्डारीलाई प्रवेश निषेध गरेका छन् । सिंहले रामचन्द्र पौडेललाई सहयोग गरेका छन् । पौडेललाई सहयोग गरे पनि सिंहले आफ्नै छुट्टै गुट चलाएका छन् ।
अर्का युवा नेता गगन थापाले पनि अलग गुट चलाउने प्रयास थालेका छन् । तर, गगनलाई कसैले विश्वास गरेका छैनन् । थापा समूहको काम भनेको देउवा, पौडेल, कोइराला र सिंह समूहका नेताहरूको विरोध गर्नु रहेको छ । थापाले विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेको फिटिक्कै रुचाएका छैनन् । थापाले भित्रभित्रै शर्माको विरोध गर्न लगाइ रहेका छन् । कांग्रेसको प्रवक्ता ताकेका थापा देउवाले नपत्याएपछि चिन्तित हुन पुगेका छन् ।
भण्डारीले पनि देउवा क्याम्प छाडेर अलग गुट चलाइ रहेका छन् । तर, भण्डारीलाई कसैले नपत्याएपछि एक्लिएको स्रोतको भनाइ छ । देउवा, पौडेल र सिंह समूहले भण्डारीलाई गुटमा प्रवेश निषेध गरेका छन् । अहिले सडकमा पुगेका भण्डारीले पौडेल समूहबाट अगाडि बढ्ने सोच बनाएको स्रोतको भनाई छ ।
उता, कांग्रेसलाई गुटैगुट बनाएर कमजोर बनाएको चाल पाएपछि महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले अलग बैठक गरेका छन् । उनीहरूले कांग्रेसलाई बचाउन कुनै पनि गुटमा नलागेर कार्यकर्ताका पक्षमा जाने सहमति गरेका छन् । सुजाताको मण्डिखाटारस्थित निवासमा दिउँसोको खानासहित भएको बैठकमा उनीहरूले देउवा र पौडेल समूहको गुटको राजनीतिलाई अन्त्य गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरूले विशेष भूमिका खेल्ने जनाएका छन् ।
-यूनाइटेड पोस्ट
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












