अबैध भवन बनाउने नाममा करोडौं असुल्दै वैदेशिक रोजगार व्यवसायी संघ
काठमाडौं । वैदेशिक रोजगार विभागको पत्रलाई देखाएर वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुसँग मोटो रकम उठाएको प्रमाण फेला परेको छ । भवन बनाउने भन्दै संघले विभागको पत्रमार्फत आतंक मच्चाएको हो । पैसा उठाउने संघको अभियानलाई विभागले पनि साथ दिएको छ । सेटिङ मिलाएर संघको योजना अनुसार विभागले पत्र पठाएको हो ।
वैदेशिक रोजगार विभागको पत्रका आधारमा संघले ९ सय १६ जना व्यवसायीहरुसँग चार करोड ५८ लाख रकम उठाउने योजना बनाएको छ । संघका जिम्मेवार पदाधिकारीहरुले यो रकमबाट श्रममन्त्री फरमुल्लाह मन्सुर, श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी र वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठलाई केही रकम दिनु पर्ने भन्दै व्यवसायीहरुसँग असुलिरहेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने,‘नक्सा नै पास नभएको भवन बनाउने बहानामा यति ठूलो रकम व्यवसायीसँग असुल गरिँदै छ ।
मन्त्री र महानिर्देशकको मिलोमतोमा जाँदाजाँदै पैसा उठाउने प्रपञ्च रचिएको हो ।’
वैदेशिक रोजगार व्यवसायीहरुले ६/६ महिनामा विभागमा बुझाउनु पर्ने अध्यावधिक रिपोर्ट अब विभागमा बुझाउन पाइने छैन । संघमा बुझाउनु पर्नेछ । विभागले यो निर्णय गर्नुमा आन्तरिक लेनदेनको ठूलो चलखेल भएको आरोप एक व्यवसायीले लगाए । विभागका महानिर्देशक श्रेष्ठ र संघका अध्यक्ष गुरुङको मिलेमतोमा उक्त खेल रचिएको हो । अब कुनै व्यवसायीले संघमा रिपोर्ट बुझाउँदिन भन्न पाउने छैनन् । संघमा बुझाउनु पर्ने प्रावधान सहितको पत्र विभागले पठाइसकेको छ ।
विभागको सोही पत्रलाई आधार बनाएर संघका अध्यक्ष गुरुङले व्यवसायीहरुलाई परिपत्र गरेका छन् । विभागले आफूले बुझ्दै आएको व्यवसायीहरुको रिपोर्ट अकस्मात संघमार्फत बुझ्ने निर्णय किन गरेको भन्ने बारेमा अझैसम्म पनि कसैले बुझेका छैनन् । संघमार्फत रिपोर्ट बुझाउँदा व्यवसायीहरुलाई समस्या पर्ने गुनासाहरु आएका छन् । त्यो गुनासो सुन्न विभाग र संघ तयार छैनन् । संघले ५१ हजार बुझाएको नगदी रसिद रिपोर्टसँगै नराख्ने हो भने कुनै पनि प्रकारको सिफारिस नदिने जनाएको छ । सरकारी नियमलाई मन्त्री, महानिर्देशक र सीमित व्यवासयीको हितमा प्रयोग हुनुलाई ठूलो रहस्यका रुपमा लिइएको छ ।
संघका अध्यक्ष गुरुङले विभागको पत्र उल्लेख गरेर व्यवसायीहरुलाई परिपत्र गरी ५१ हजार नदिए संघमार्फत दिइने कुनै पनि प्रकारको सिफारिस नदिने चेतावनी दिएका छन् । भवन निर्माणमा व्यवसायीहरुको विमती छैन । तर, अध्यक्ष गुरुङले विभागको पत्र दुरुपयोग गरेर व्यवसायीहरुसँग ‘ब्ल्याकमेलिङ’ गरेकोमा विरोध शुरु भएको छ ।
एमाले निकट मानिने अध्यक्ष गुरुङले व्यवसायीहरुसँग ५१ हजारका दरले रकम उठाएको स्वीकार गरेका छन् । ‘संघको भवन निर्माणका लागि व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाएको साँचो हो’, उनले भने । उनले तोकिए अनुसार पैसा नबुझाउने व्यवसायीलाई हदैसम्मको कारबाहीको चेतावनी समेत दिए । वैदेशिक रोजगार विभागले अर्कै उद्देश्यले पठाएको पत्रलाई आधार बनाएर तपाईले व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाउन मिल्छ ? भन्ने प्रश्नको जवाफमा अध्यक्ष गुरुङले भने,‘यो हाम्रो आन्तरिक कुरा हो । तपाईलाई किन भन्ने ? जे मन लाग्छ त्यो लेख्नुस् ।’
नक्सापास नै नभएको भवन बनाउन संघका अध्यक्ष गुरुङले किन ५१ हजारका दरले पैसा उठाएका हुन् ? बुझ्न नसकिएको व्यवसायीहरुको भनाई छ ।
यता, एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी संघका कार्यबाहक अध्यक्ष हरि पाण्डेले पनि ५१ हजार रकम दिनै पर्ने भन्दै उर्दी जारी गरेका छन् ।
कांग्रेस निकट लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघले व्यवसायीहरुसँग ५१ हजारका दरले पैसा उठाउन लागेको निर्णयको विरोध गरेको छ । लोकतान्त्रिक व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले संघको भवन बनाउने विषयमा आफूहरुको कुनै पनि विमती नरहेको बताए । तर, संघले विभागको पत्र देखाएर व्यवसायीहरुलाई आतंक मच्चाउन नमिल्ने उनको भनाई छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












