यी हुन विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका पैसा नतिर्ने एयरलाइन्स
काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले कर तिर्न अटेर गरेका छन् । बक्यौता रहेको ११ करोड ३९ लाख ६४ हजार ९७३ रुपैयाँ कम्पनीले आनाकानी गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार रकम तिर्न अटेर गर्ने वायुसेवा कम्पनीलाई ताकेता गरिएको छ ।
विमानस्थल कार्यालयले बक्यौता रकम उठाउन तपसिल कार्यालयलाई अनुरोध गरेको जनाएको छ । विमानस्थल कार्यालयका अनुसार अष्ट्रियन एयरलाइन्सले ४३ हजार ६०० रुपैयाँ, बरमा एयरवेजले एक लाख ८६ हजार ८५० रुपैयाँ, लुफथान्सा एयरले एक लाख ६३ हजार ६४४ रुपैयाँ, गल्फ एयरले २७ लाख आठ हजार ७७७ रुपैयाँ बक्यौता रकम तिरेका छैनन् ।
एयर सहाराले २४ लाख ७८ हजार १२६ रुपैयाँ, बहराइन एयरले २४ लाख ६३ हजार ३७१ रुपैयाँ, ओरियन्ट थाई एयरलाइन्सले पाँच लाख ८९ हजार ८१३ रुपैयाँ, पाकिस्तान एयरलाइन्सले २६ लाख ८४ हजार २३८ रुपैयाँ, सिंगापुर एयरलाइन्सले पाँच लाख ५८ हजार १२८ रुपैयाँ, किंग फिसर एयरलाइन्सले एक करोड १५ लाख ९७ हजार ५६२ रुपैयाँ बक्यौता रकम नतिरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
जिएमजी एयरलाइन्सले एक लाख ५९ हजार १०१ रुपैयाँ, युनाइटेड एयर एडिउफ तीन हजार ५३० रुपैयाँ, युनाइटेड एयरबेजले रु एक लाख ६ हजार ५५५, तुई एयरलाइन्सले रु नौ लाख ५८ हजार ४९८, हङकङ एक्सप्रेसल १९ लाख ६२ हजार ९७८ रुपैयाँ विमानस्थल प्रयोग गरेबापतका रकम तिरेका छ्रैनन् ।
कार्यालयका अनुसार ¥याक एयरबेजल एक लाख ८३ हजार ७७२ रुपैयाँ, स्काइलाइन एयरबेजले सात लाख ३३ हजार २८० रुपैयाँ बक्यौता रकम पनि तिरेका छैनन् । विमानस्थल कार्यालयका अनुसार नेपाली एयरलाइन्स समेत बक्यौता रकम नतिर्ने सूचीमा रहेका छन् । सरकारी निकायलाई तिर्नुपर्ने रकम नतिरी अटेर गर्दै आएका ती वायु सेवा कम्पनी हाल धेरै जसो बन्द अवस्थामा छन् ।
कार्यालयका अनुसार एयर नेपालले ७८ हजार ८९७ रुपैयाँ, एयर काष्ठमण्डपले तीन लाख २९ हजार २८४ रुपैयाँ, अल्पाइन एयरले ७२ हजार ७२८ रुपैयाँ, मकालु एयरले ९४ हजार २१८ रुपैयाँ, कर्णाली एयरले १६ लाख ६४ हजार ५६ रुपैयाँ, सांग्रिला एयरले दुई लाख ३७ हजार ९४४रुपैयाँ, अल्टिच्यूड एयरले तीन लाख २९ हजार ९४५रुपैयाँ र माउण्टेन एयरले ५२ हजार २८१ रुपैयाँ बक्यौता रकम तिर्न बाँकी छ ।
यस्तै, नेपाल एयरबेजले ११ लाख ७९ हजार ३२० रुपैयाँ, नेकोन एयर अन्तरराष्ट्रियले ६२ लाख ८२ हजार ३२२ रुपैयाँ, नेकोन एयर आन्तरिकले चार करोड १० लाख दुई हजार ७३० रुपैयाँ, हिमाल हेलिकप्टरले ६१ हजार ५१८ रुपैयाँ, कस्मिक एयरले तीन करोड ३३ लाख १२ हजार ९०६रुपैयाँ , गरुड एयरले २७ हजार ४४० रुपैयाँ, गोरखा एयरलाइन्सले छ लाख ५७ हजार ५४५ रुपैयाँ बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।
बन्द भएका मात्रै नभएर सञ्चालनमा रहेकाले समेत कर तिर्न आलटाल गरेका छन् ।विमानस्थल कार्यालयका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार हाल सञ्चालनमा रहेका एयरलायन्सले ६६ करोड ३९ लाख ४६ हजार ३०८ रुपैयाँ रकम तिर्न अटेर गरेका छन् ।
सरकारी कार्यालय तथा संघसंस्थाले समेत ५५ करोड १२ लाख २१ हजार ८१६ रुपैयाँ तिरेका छैनन् । सञ्चालनमा नरहेका संघ÷संस्था÷फर्मको दुई करोड ९७ लाख ५७ हजार ५१८ रुपैयाँ र सञ्चालनमा रहेका संस्थाको १२ करोड ४५ लाख ८३ हजार ६०३ रुपैयाँ बक्यौता रकम देखिएको छ ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिर्न अटेर गरेका छन् । विमानस्थल कार्यालयका अनुसार भन्सार कार्यालयले ५५ करोड १२ लाख २१ हजार ८१६ रुपैयाँ र निगमले ३२ करोड २१ लाख नौ हजार ५०० रुपैयाँ तिरेका छैनन् ।
यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई ८७ करोड ३३ लाख ३१ हजार ४०९ रुपैयाँ बक्यौता रकम प्राप्त हुन बाँकी छ । निगमले समय तालिका बनाएर बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाए पनि भन्सार कार्यालयले भने विभिन्न बहानामा रकम नतिरेको विमानस्थल कार्यालयले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए । उनले बक्यौता उठाउनका लागि केही समय पहिले छानबिन समिति गठन गरेको र समितिको कामका आधारका केही वायुसेवा कम्पनी सम्पर्कमा आएको बताए । प्राधिकरण र विमानस्थल कार्यालयले ताकेता गरेपछि एयर एसियाले रु पाँच करोड र अग्नि एयरले र ७० लाख रूपैयाँ तिरेको छ ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












