क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु !
काठमाडौं । नेपालमा प्रतिबन्धित रहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको कारोबार पुनः सुचारु भएको छ । नेपालमा अवैध तरिकाले बिटक्वाइन, अल्टक्वाइन, इथेरियमलगायतका भर्चुअल क्वाइनहरूको उत्पादन (माइनिङ) तथा कारोबार भइरहेको समाचार बाहिर ल्याएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
क्रिप्टोकरेन्सी कारोबार गर्ने र कारोबार सञ्चालन गर्ने ११ जनालाई पक्रिएपछि केही समय सेलाए पनि पुनः कारोबार सुचारु भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गरिए पनि कारोबारीहरूले लुकिछिपी नेटवर्किङमार्फत कारोबार गरिरहेको पाइएको छ ।नेपालमा प्रतिबन्धित भएपछि कारोबारीहरूले भारतीय सीमानजिक बसेर क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको सूचना पाएपछि प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
यसअघि नेपाल राष्ट्र बैंकले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गर्नु गैरकानुनी रहेको सूचना निकालेको थियो । प्रहरीले सोही सूचनालाई आधार मानेर अनुसन्धान गर्दा बिटक्वाइन तथा ग्य्राभिटी क्वाइनको कारोबार गर्ने ७ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो
प्रहरीले मुख्य कारोबारी ज्ञानप्रसाद (जिपी) पौडेल, प्रशान्तप्रताप शाह, माधव खनाल, बिन्दा ढकाल, मिङमार तामाङ, मिनीषकुमार गिरी र दमन बस्नेतलाई पक्राउ गरेको थियो । २५ दिन थुनामा बसेपछि ४२ लाख धरौटी तिरेर उनीहरू अदालतबाट तारेखमा रिहा भएका थिए । त्यसपछि प्रहरीले बिटसेवाका सञ्चालक कृष्णप्रसाद भुसाल र पुरुषोत्तमधर तुलाधरलाई पक्राउ गरेको थियो । बिटसेवाका सञ्चालकमध्ये राम ढकाल र अवित घिमिरे भने अझै पक्राउ परेका छैनन् ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












