राष्ट्रियसभा निर्वाचनमा राजपा र फोरमसँग कांग्रेसको गठबन्धन
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलको गठबन्धनले कांग्रेससँग चुनावी सहकार्य गर्ने भएको छ।
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका २ मधेसी घटक संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्यको तयारी गरेका हुन्।
मधेसकेन्द्रित दलको प्रभाव क्षेत्र रहेको २ नम्बर प्रदेशमा कांग्रेससँग सहकार्य गरे उनीहरुले सहजै ४ सिट जित्नेछन्। यसो गर्दा कांग्रेसले समेत राष्ट्रियसभामा २ नम्बर प्रदेशबाट २ सिट जित्न सक्नेछ।
वाम गठबन्धनले भने २ नम्बर प्रदेशबाट २ सिट जित्ने दाबीसहित सिट बाँडफाँट गरिसकेको छ। सहमति अनुसार वाम गठबन्धनको कार्यदलमा माओवादीले महिला र एमालले खुल्लातर्फ उम्मेदवार उठाउने सहमति भएको हो।
राजपाका महासचिव केशव झाले राष्ट्रियसभा निर्वाचनमा दुई मधेसकेन्द्रित दलले मिलेर उम्मेदवार तय गर्ने बताए। ‘जित्ने ४ सिटमा २/२ जना उम्मेदवार उठाउने तयारी गरेका छौं,’ उनले भने। कांग्रेससँग समेत अनौपचारिक छलफल चलिरहेको बताउँदै उनले मिलेर चुनाव लड्ने सम्भावना रहेको बताए।
राष्ट्रियसभा निर्वाचनको विषयमा तयारी गर्न राजपाले आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले मधेसकेन्द्रित दलसँग सहकार्य गर्न भन्दै प्रदेश प्रमुख नियुक्तिमा २ प्रदेश प्रमुख राजपा र फोरमलाई दिएको छ। सोही अनुसार २ नम्बर प्रदेशमा फोरमबाट रत्नेश्वर लाल कायस्थ र ५ नम्बर प्रदेशमा फोरमबाट उमाकान्त झा नियुक्त भएका छन्।
संघीय समाजवादी फोरमका नेता शिवजी यादवले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्य गरेको खण्डमा ८ मध्ये ६ सिट जित्न सकिने दाबी गरे। ‘एकल संक्रमणीय प्रणाली अनुसार मधेसकेन्द्रित दल मिल्दा ४ सिट निश्चित रुपमा आउँछ,’ यादवले भने, ‘कांग्रेसले सहकार्य गरेको खण्डमा थप २ सिट जित्न सकिन्छ।’
यादवका अनुसार जित्न सकिने ४ सिटमध्ये दलित र अल्पसंख्यक वा अपांगको २ सिट जित्न सकिने देखिन्छ। त्यस्तै खुल्ला र महिला गरेर ४ सिट मधेसकेन्द्रित २ दलले प्राप्त गर्नेछन्। ‘कसले के लिने भन्ने विषयमा बाँडफाँट गर्न बाँकी छ,’ उनले भने।
प्रदेशसभाको सपथ र बैठकपछि सिट संख्या र उम्मेदवारको विषयमा टुंगो लगाउने तयारी तीन दलले गरेका छन्। कांग्रेस नेता विमलेन्द्र निधिले २ नम्बर प्रदेशमा मधेसकेन्द्रित दलसँग आन्तरिक छलफल चलिरहेको बताउँदै सहकार्य गरेर अघि बढ्ने उल्लेख गरे।
उनले भने, ‘समय बाँकी नै छ, मिलेर राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको तय गर्नेछौं।’
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











