प्यूठानका स्कूल स्कूलमा ट्राफिक प्रहरी
प्युठान । जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले सडक दुर्घटना न्युनिकरण गर्न अभियान थालेको छ।पछिल्लो समय जिल्लामा सवारिसाधनको संख्या ह्वात्तै बढेको भन्दै त्यसबाट हुन सक्ने संभावित दुर्घटनाबाट जोगिन जोगाउन प्रहरि सचेतना अभियान संचालन गरेको हो।ट्राफिक प्रहरि कार्यालयले दुर्घटना घटाउने तीन वटा अभियान जिल्लामा संचालनमा ल्याएको छ।यहाँ दुर्घट्ना न्युनिकरण गर्न स्कुल स्कुलमा ट्राफिक प्रहरी,चालकसंग एक मिनेट र रिफ्रेस सेण्टर अभियान संचालन गरिदै आएको छ। प्रहरीले विद्यालयहरुमा ट्राफिक नियमबारे पढाउन थालेको छ ।
ट्राफिक नियमवारे विद्यार्थीहरुलाई जानकारी दिन जिल्लाको मुख्य राजमार्ग आसपासका विद्यालयहरुमा कक्षा लिन थालिएको कार्यालयले जनायको हो ।
विद्यार्थीमार्फत अभिभावकलाईसमेत ट्राफिक नियमबारे जानकारी गराउन सजिलो हुने भएकाले विद्यालयमा यस्तो कक्षा सञ्चालन गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख छविलाल ढकालले जानकारी दिए ।
यस्ता कक्षामा विशेष गरि ट्राफिक संकेतबारे जानकारी, बाटो काट्ने सुरक्षित तरीका, सवारी साधनहरुको गति, त्यसका प्राविधिक पक्ष, माद्यक पदार्थ सेवन गरि सवारी साधन चलाउँदा हुने बेफाइदा, प्युठानमा सवारी दुर्घटनाको अवस्था लगायतका विषयमा जानकारी दिने गरिएको ढकालले बताए । विद्यार्थीहरुलाई ट्राफिक संकेतहरुबारे पर्याप्त जानकारी नभएको पाइएको उनको भनाई छ । अघिल्लो वर्ष पनि केही विद्यालयमा यस्तै कक्षा सञ्चालन गर्दा उल्लेख्य सुधार आएकोले यसलाई निरन्तरता दिइएको ढकालले उल्लेख गरे । चालकसंग एक मिनेट कार्यक्रम अन्तर्गत सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशीक्षण दिने गरिएको छ।यात्रुलाई कस्तो व्यवहार गर्ने जानकारी दिइन्छ। सवारी दुर्घटनाको बिषयमा चालकको महत्त्वपुर्ण भुमिका हुने भएकाले दैनिक एक मिनेट ट्राफिक नियमका बिषयमा कुराकानी थालिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट्र ढुङ्गेगदीका इन्चार्ज दिपक थापाले बताए।
चालक स्वंय जिम्मेबार बनेमात्र सवारी दुर्घटनामा कमि आउने उनको भनाई छ।ूदुर्घट्ना आकस्मिक हुने कुरा हो,मेकानिकल ईररबाट हुने दुर्घटना रोक्न सकिदैनू थापाले भने,तर चालकको गल्ति कम्जोरिबाट हुने दुर्गटना रोक्न सकिन्छ। जरिवाना गरेर मात्रै नियम उल्लघंन गर्ने प्रबृती नरोकिएपछी ट्राफिकले जनचेतनामा जोड दिएको हो।

ट्राफिकले जिल्लाको देविस्थानमा रिफ्रेस सेण्टर स्थापना गरेको छ।यो कार्यक्रममा लामो गन्तव्यमा हिडेका यात्रु र चालकलाई केही वेर ओरालेर ट्राफिक नियम बारे जानकारी गराउँछ। सवारी साधन रोकेर यात्रुहरु ओराल्न २ मिनेट,यात्रुलाई चढाउन २ मिनेट र चालक साथै यात्रुलाई सचेतना जगाउन ६ मिनेटको समय तय गरि यात्रु तथा सवारी चालकलाई ट्राफिक नियम वारे जानकारी दिन सुरु गरिएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्युठान–भालुवाङ्ग सडकमा गुड्ने यातायातका साधनलाई १० मिनेट रोकेर यात्रु र चालकसंँग १० मिनेट कार्यक्रम गरिरहेको हो । ट्राफिक प्रहरिले यहाँ लामो दुरिका यात्रुबसमा दुई जना चालक अनिवार्य हुनुपर्ने व्यबस्था समेत कार्यान्वयन गराएको छ।ट्राफिक प्रहरीले यात्रु र चालकलाई ट्राफिक नियम र ट्राफिक चिन्ह अंकित पर्चा समेत वितरण गरेको छ । यात्रु साथै चालकले पढेर पनि ट्राफिक नियमबारे सिक्न सक्ने र दुर्घटना न्यूनिकरण हुने अपेक्षाका साथ पर्चा वितरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।जिल्लामा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएपनि सवारी नियम उल्लंघन गर्ने क्रम भने बढेको ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।
गत साउन देखि माघ महिनाको पहिलो साता सम्मको यो ६ महिनाको अबधीमा २८ सय ५० सवारीसाधन कारबाहिमा परेको र १६ लाख ७८ हजार जरिवाना वापत संकलन भएको ट्राफिक प्रहरी प्रमुख ढकालले जनाए ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











