सिलवालमाथि सरकारले ज्यादति गर्यो- एमाले
काठमाडौ । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य नवराज सिलवालमाथि सरकारबाट ज्यादति भएको ठहर गरेको छ । ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सिलवाललाई पक्राउ गर्न इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेपछि एमाले सरकारप्रति आक्रोसित बनेको छ ।
इन्टरपोलले सिलवाललाई पक्राउ गर्न सोमबार डिफ्युजन नोटिस जारी गरेको हो । नेपाल प्रहरीको सिफारिसमा १ सय ९२ देशका प्रहरी सदस्य रहेको इन्टरपोलमार्फत सिलवालको खोजी सुरु गरेको छ ।
प्रतिनिधिसभा सदस्य सिलवाललाई पक्राउ गर्न सरकारले विभिन्न प्रक्रिया अपनाउन थालेपछि एमाले स्थायी समिति बैठकमा सोमबार यस बारेमा छलफल भएको थियो । एमाले सचिव योगेश भट्टराईले सिलवालप्रति सरकार पूर्वाग्रही भएर लागेको बताएका छन् । उहाँलाई समात्नकै लागि अहिले जसरी इन्टरपोल लगाइएको छ, त्यसबाट सरकारले निर्वाचित जनप्रतिनिधिको अपमान गरेको छ, सचिव भट्टराईले बैठककै क्रममा सञ्चारकर्मीहरुसँग भने, लामो समय प्रहरी सेवामा रहेर उच्च तहमा पुगेको व्यक्ति भएकोले उहाँलाई कानुन बारेमा राम्रै ज्ञान छ, त्यस्तो व्यक्ति सामान्य मुद्धा पर्दैमा भाग्दैन । पक्राउ गर्नका लागि इन्टरपोल लगाउनु पर्दैन ।
सचिव भट्राईले स्थायी समिति बैठकले राष्टियसभाको उम्मेदवार टुंग्याउने बताए । राष्टियसभामा वामगठबन्धनको भागमा पर्ने ४३ सदस्य मध्ये एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ को भागबण्डा भएको छ । नेता भट्टराइेले पाटी एकता बारे पनि विस्तत रुपमा छलफल भएको जानकारी दिँदै केही दनमा बस्ने संयोजन समिति बैठकले एकता निश्कर्षमा पुयाउने बताए ।
Comments
अरु समाचार
-
को हुन् गृहसचिवमा सरुवा गरिएका केदारनाथ शर्मा ?
काठमाडौं । सरकारले गृहसचिवको जिम्मेवारी रक्षा सचिव केदारनाथ शर्मालाई दिएको छ । हालका गृहसचिव राजकुमार श्रेष्ठ भदौ १५ गते अनिवार्य...
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...












