डेढ सय पूर्वसांसदले रातो पासपोर्ट बुझाएनन्
काठमाडौं । अघिल्लो संसद सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् ।
संसदको कार्यकाल सकिएको एक साताभित्रै त्यस्तो पासपोर्ट फिर्ता गर्नुपर्ने कानुन छ । पूर्वसांसदले प्रयोग गरेका ४९८ मध्ये ३१२ मात्र रातो पासपोर्ट फिर्ता भएका छन् । तर, मन्त्री पनि नरहेका १५५ सांसदले पासपोर्ट फिर्ता गरेका छैनन् । मन्त्रीमा बहाल रहेका पूर्वसांसदले भने तत्काल पासपोर्ट फिर्ता गर्नुपर्दैन ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनको दफा ७ को ३ मा रहेको यो व्यवस्थाले संसद्का पदाधिकारी सभामुख, विपक्षी दलको नेता, सत्ता पक्षको नेता, सत्ता पक्षको मुख्य सचेतक र संसदीय समिति सभापतिले प्रयोग गर्दै आएको सवारीसाधन तथा सोही ऐनमा सदस्यसमेतले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गर्नुपर्ने उल्लेख छ ।
संसद सचिवालयबाट प्रयोग हुँदै आएको २५ मध्ये ६ वटा गाडी संसद सकिएको सात दिनभित्रै फिर्ता भएको थियो । १९ वटा गाडी निकै पछि पूर्वसांसदले बुझाएका थिए ।
सचिवालय आएर २८६ फिर्ता, विभागबाट २४
संघीय संसद् सचिवालय उच्च स्रोतका अनुसार सांसदहरूले सचिवालय पुगेर २८६ वटा रातो पासपोर्ट फिर्ता गरेका छन् । २४ सांसदले भने ३ माघसम्म राहदानी विभाग पुगेर रद्द गराई सचिवालयलाई जानकारी गराएका छन् ।
पासपोर्ट रद्द गर्न सांसदले बुझाएको दुईवटा पासपोर्ट भने अहिले संघीय संसद सचिवालयमा प्रक्रियामा रहेको छ । पूर्वसांसदले आफूले प्रयोग गरेको रातो पासपोर्ट रद्द गर्न संसद सचिवालयमा बुझाउनुपर्नेछ । पूर्वसांसद आफैँले राहदानी विभागमा गएर रद्द गर्नसमेत सक्नेछन् ।
सचिवालयका अनुसार हाल सरकारमा रहेका मन्त्रीहरूले भने मन्त्री पदमा बहाल रहुन्जेल रातो पासपोर्ट प्रयोग गर्न पाउनेछन् । बहालवाला मन्त्रीले रातो पासपोर्ट प्रयोग गरे–नगरेकोबारे सचिवालयलाई जानकारी नहुने एक कर्मचारीले बताए ।
ल्यापटप र पुस्तकसमेत फिर्ता गरेनन् सांसदले
संघीय संसद् सचिवालयअन्तर्गत जिन्सी स्टोर शाखाबाट संसद्का पदाधिकारीले ५६ वटा ल्यापटप प्रयोग गरेका थिए । जसमध्ये अझै ३० वटा ल्यापटप फिर्ता गर्न बाँकी छ ।
स्रोतका अनुसार संविधानसभाको पहिलो कार्यकालमा संसद् पदाधिकारी भएका १० जनाले ल्यापटप फिर्ता गरेका छैनन् । ‘सचिवालयबाट ५६ वटा ल्यापटप गएको रेकर्ड छ । जसमध्ये अझै ३० वटा फिर्ता हुन बाँकी छ । २६ जनाले भने फिर्ता गरे,’ सचिवालयका एक कर्मचारीले भने ।
संसद सचिवालयअन्तर्गतको पुस्तकालयबाट लगेका पुस्तकसमेत केही सांसदले फिर्ता गरेका छैनन् । संसद्को अनुसन्धान तथा पुस्तकालय शाखा प्रमुख कमलादेवी शर्माले पूर्वसांसदले पुस्तक फिर्ता गर्नेक्रम जारी रहेको बताइन् ।
यी हुन् रातो पासपोर्टलाई माया गर्ने नेता
रोमी गौचन थकाली
पार्वत गुरुङ
राजीवविक्रम शाह
शारदा पौडेल
हरिप्रसाद नेपाल
महेन्द्रबहादुर पाण्डे
भीष्मनाथ अधिकारी
लालबाबु सिंह
कल्पना सोब
सुरेन्द्रप्रसाद चौधरी
धनबहादुर बुढा
तारामान गुरुङ
शत्रुधन महतो
मदनकुमारी साह
श्यामसुन्दुर तिव्रेवाल
रंजीत कर्ण
निलम केसी खड्का
पवन कुमार सारडा
अशोक कोइराला
गोपाल दहीत
शिवलाल थापा
कुमार खड्का
नारायणप्रसाद शाउद
प्रदीप गिरि
जयन्तीदेवी राई
ब्रिजेसकुमार गुप्ता
जगदीश्वर नरसिंह केसी
बैजनाथ चौधरी
रत्न शेरचन
रविन कोइराला
अदवालअहमद शाह
ज्ञानकुमारी छनतेल
सूर्यदेव दास उराव
सुजिता परियार
पार्वता डिसी चौधरी
मन्जुकुमारी चौधरी
चण्डीप्रसाद राई
गिरिभद्र केसी
महेन्द्रकुमारी लिम्बू
सूर्यमान गुरुङ
भरतकुमार शाह
पेम्बा गुरुङ
बलबहादुर केसी
सिद्धिलाल सिंह
कमलेश्वर पुरी गोश्वामी
चन्द्रदेवि जोशी
दिनेश श्रेष्ठ
उषा यादव
डीकबहादुर लिम्बू
प्रभादेवि बज्राचार्य
सकुन्तला राजभण्डारी कार्की
अमनलाल मोदी
राजाराम स्याङ्तान
सीतारा भण्डारी
आशा यादव
अब्दुल वामिद सिद्दिकी
विनोद श्रेष्ठ
धनबहादुर घले
योगेन्द्र चौधरी
विष्णुप्रसाद शर्मा
ममताकुमारी यादव
ल्यारक्याल लामा
तममान गुरुङ
पन्तमान धिमाल
गणेशकुमार मण्डल
श्रीप्रसाद जवेगु
जमैद अन्सारी
रमेशकुमार लामा
सीता ज्ञवाली लुइँटेल
कल्पना चौधरी
अञ्जना ताम्ली
प्रतीक्षा तिवारी मुखिया
बहादुरसिंह लामा तामाङ
धनबहादुर तामाङ
अजयशंकर नायक
पुष्पलता लामा
राधिका तामाङ
रावनीदेवी चौधरी
बबिना मोक्तान लावती
शिवबहादुर खड्का
ललितजंग शाही
मोहन बानियाँ
सुवर्ण जुवार्चन
तेजकुमारी पौडेल
रामकुमार राई
हरिचरण साह सुदी
डिम्पलकुमारी झा
मोहन थारु
कृष्णप्रसाद धिताल
राधादेवी तिमल्सिना
फुलौरी देवी
सुत्यनारायण भगत विन
हर्क बोल राई
अशोककुमार मण्डल
धनमाया विक खनाल
राम दुलारी चौधरी
सुरेन्द्रप्रसाद जैसवाल
योगेन्द्र तामाङ घिसिङ
मोहनसिंह राठौर
धर्मेन्द्रकुमार साह तेली
सञ्जय यादव
लक्ष्मणलाल कर्ण
रामवीर मानन्धर
विचारीप्रसाद यादव
दीपकप्रसाद कुइँकेल
आनन्दप्रसाद पौडेल
एमडी मुस्ताक अलाम
शैलकुमारी देवी
मीना पुन
हरिबहादुर राजवंशी
राजेश्वरीदेवी
गौरीशंकर चौधरी
लालबहादुर घले
बहादुरसिंह लामा
आङतावा शेर्पा
उर्मिलादेवी शाह
नगेन्द्रप्रसाद थारु
अभिषेकप्रताप शाह
गीता वाग्ले
देवानसिंह विष्ट
रश्मी टाकुर
दिनेशप्रसाद साह
जीवनकुमारी घिमिरे
रेशमबहादुर बानियाँ
विशाल भट्टराई
ध्यानगोविन्द रञ्जित
चन्द्रबहादुर गुरुङ
भुपेन्द्र थेवे
बलबहादुर सुनार
नरेन्द्र साह कल्वार
मनमोहन भट्टराई
लक्ष्मीदेवी भण्डारी
मीना चौधरी
कुमारीलक्ष्मी राई
मोहनकुमारी राई
मिथिला चौधरी
हिमलाल सुवेदी
ललितजंग शाही
सुशीला नेपाल
अनीलकुमार रंगाटा
बादशाह कुर्मी
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक
डडेलधुरा । पत्रकार दीपेन्द्र विष्टलाई मातृशोक परेको छ । कान्तिपुर मिडियामा कार्यरत विष्टकी आमा ८५ वर्षीया हजारीदेवी विष्टको सोमबार डडेलधुराको...
-
जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...











